site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युनाइटेडविरुद्ध क्रिस्टल प्यालेसको फराकिलो जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेससँग ४–० को फराकिलो हार बेहोरेको छ ।

सोमबार सेल्हस्ट पार्कमा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन माइकल ओलिसेले दुई गोल गरे । यस्तै, जिन फिलिप माटेटा र टेरिक मिचेलले समान एक गोल गरे ।

Dabur Nepal
NIC Asia

खेलको १२औँ मिनेटमा ओलिसेको गोलमार्फत क्रिस्टलले अग्रता बनाएको थियो । माटेटाले ४०औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । ५८औँ मिनेटमा मिचेलले क्रिस्टलका लागि तेस्रो गोल गरे ।

यस्तै, ओलिसेले ६६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि क्रिस्टलले ४–० को फराकिलो जित सुनिश्चित गरेको हो ।

जितसँगै ३६ खेलबाट ४३ अंक जोडेको क्रिस्टल १४औँ स्थानमा छ । ३५ खेलबाट ५४ अंक जोडेको युनाइटेड भने तालिकाको आठौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro