site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली महिला फुटबल टिमलाई एनआईसी एसिया बैंकको सम्मान
Tiktok banner adTiktok banner ad

काठमाडौं । वाफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई एनआईसी एसिया बैंकले सम्मान गरेको छ ।

एनआईसी एसियाले सोमबार ललितपुरमा एक कार्यक्रममाझ नेपाली टिमलाई सम्मान गरेको हो ।

NIC-Asia-1715014985.jpg
 

सम्मान कार्यक्रममा एनआईसी एसियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपाने, डेपुटी सन्तोषकुमार राठी, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, सिईओ इन्द्रमान तुलाधर, पुरुष फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङसँगै अन्य एन्फा पदाधिकारीहरूको उपस्थिति थियो ।

बैंकले फुटबल टिमका २३ खेलाडीसँगै टिमका मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, फिजियोलगायत टिम स्टाफलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । 

NI-CCCC-1715014984.jpg
 

गत फागुनमा साउदी अरेबियामा सम्पन्न प्रतियोगितामा नेपाली टिम उपविजेता बनेको थियो । पहिलोपटक सहभागिता जनाएको नेपालले फाइनलसम्मको यात्रा तय गरे पनि उपाधि भिड्न्तमा भने जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले निराश भएको थियो ।

कार्यक्रममा एनाआईसी बैंक र एन्फाबीच फुटबलमा सहयोग गर्ने सम्झौतासमेत भएको छ । सम्झौतामा बैंकका सीईओ न्यौपाने र एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले हस्ताक्षर गरे । 

Nemwang]-1715014982.jpg
 

कार्यक्रममा एन्फा अध्यक्ष नेम्वाङले खेलाडीलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै राज्यको लगानी राम्रो भए महिला फुटबलले छिट्टै फड्को मार्ने बताए ।

यस्तै, बैंकका डेपुटी सीईओ सन्तोषकुमार राठीले उत्कृष्ट खेल प्रदर्शन गरेकोमा महिला टोलीलाई धन्यवाद दिए । उनले एनआईसी एसिया बैंकले खेलाडीहरूको हौसला उच्च राख्न आगामी दिनमा पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताए ।

NI-C-1715014985.jpg

NI-CCC-1715014984.jpg

sss-1715014983.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro