site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मुम्बईको जितमा सूर्यको शतक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सूर्यकुमार यादवको शतकप्रेरित मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादविरुद्ध सात विकेटको सहज जित निकालेको छ ।  

सोमबार वान्खडे क्रिकेट रंगशालामा सूर्यकुमारले शतक बनाएपछि हैदराबादले प्रस्तुत गरेको १७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

मुम्बईको जितमा सूर्यकुमारले अविजित १०२ रन बनाए । उनले ५१ बलमा १२ चौका र ६ छक्का प्रहार गरे । सूर्यले ३१–३ को अवस्थाबाट तिलक वर्मासँग चौथो विकेटका लागि १४३ रनको अविजित साझेदारी गर्दै मुम्बईलाई जितसम्म डोहोर्‍याएका थिए । तिलकले अविजित ३७ रन बनाए ।

हैदराबादका भुवनेश्वर कुमार, मार्को जान्सेन र कप्तान प्याट कुमिन्सले समान एक विकेट लिए ।

Global Ime bank

त्यसअघि टस हारेर  ब्याटिङ आएको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७३ रनको योगफल तयार पारेको थियो । 

हैदराबादका ट्राभिस हेडले ४८ रन बनाए । अर्धशतकबाट दुई रनले चुकेका हेडले ३० बलमा ७ चौका र एक छक्का प्रहार गरे । प्याट कुमिन्सले अविजित ३५, नितिश रेड्डीले २०, मार्को जान्सेनले १७, अभिषेक शर्माले ११ र शहबाज अहमदले १० रन बनाए ।

मुम्बईका कप्तान हार्दिक पन्ड्य र पियुष चावलाले समान तीन विकेट लिए । यस्तै, अंशुल कम्बोज र जसप्रित बुमराहले एक-एक विकेट लिए ।

जितसँगै १२ खेलबाट आठ अंक जोडेको मुम्बई तालिकाको नवौँ स्थानमा छ । ११ खेलबाट १२ अंक जोडेको हैदराबाद तालिकाको चौथो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement