site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अफगानिस्तानमा बाढीमा परेर १४ जनाको मृत्यु
तस्बिर : ब्लुमबर्ग ।
Sarbottam CementSarbottam Cement

काबुल । अफगानिस्तानमा भारी वर्षापछिको बाढीमा परेर कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै व्यापक विनाश भएको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार, १४ प्रान्तमा वर्षा र बाढीका कारण १४० आवासीय घरहरू क्षतिग्रस्त भएका छन् । दुई हजारभन्दा बढी गाईवस्तुको मृत्यु भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

टोलो न्युजका अनुसार, विगत तीन दिनमा बाढीका कारण लगभग १४ जनाको मृत्यु भएको हो । एकजना बेपत्ता छन् । बाढीका कारण आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्  ।

यसैबीच, सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हक्कसेनसले अफगानिस्तानका बदख्सान, तखर, घोर र नुरिस्तान प्रान्तका केही सडक भूस्खलन र बाढीका कारण अस्थायी रूपमा अवरुद्ध भएको बताएका छन् ।

Global Ime bank

“बाढी र भूस्खलनका कारण अस्थायी रूपमा बन्द गरिएका तखर, बदख्सान, घोर र नुरिस्तान प्रान्तका धेरैवटा सडकहरू खुलाउने काम भइरहेको छ,” उनले भने ।

निरन्तरको भारी वर्षाका कारण स्थानीयवासीको धेरै नोक्सानी भएको छ । बाढीमा परेर बालबालिकाको मृत्यु भएको, जमिन र पुलहरू नष्ट भएको फराह प्रान्तका एक बासिन्दाले जनाए । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement