site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वदेश फर्किन् जापानकी विदेशमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता भएकी छन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।

भेटका क्रममा द्विपक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । राष्ट्रपति पौडेलसँगको भेटका क्रममा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा शून्य कार्बन उत्सर्जन नीतिको कार्यान्वयनका लागि आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो ।

Global Ime bank

त्यसैगरी, प्रधानमन्त्री दाहालसँगको भेटका क्रममा आर्थिक तथा सामाजिक क्षेत्रमा सहकार्यका लागि छलफल भएको जनाइएको छ ।

उनले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी थिइन् । साथै उनले जमलस्थित मण्डला बुक प्वाइन्ट गएर केही नेपाली पुस्तक खरिदसमेत गरेकी थिइन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले विदेशमन्त्री योकोको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए ।  

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  २३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement