site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानी दूतावासले दियो १८० विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका ११९ विद्यालयका १८० विद्यार्थीलाई ‘एम्बासडर अफ पाकिस्तान’ छात्रवृत्ति प्रदान गरेको छ । 

१२औँ वार्षिक छात्रवृत्ति पुरस्कार समारोहमा नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले छात्रवृत्ति प्रदान गरे । त्यस अवसरमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप पनि प्रदान गरिएको दूतावासले जनाएको छ ।

सचिव अधिकारीले पाकिस्तानले विशेषगरी शिक्षाको क्षेत्रमा निरन्तर सहयोग र प्राविधिक सहयोग गरेकोमा प्रशंसा गरे ।

Pakistan-Em-d-1714060540.jpg
 

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले पाकिस्तानले नेपालमा छात्रवृत्ति कार्यक्रम र तेस्रो तहदेखि माध्यमिक शिक्षासम्मको सहयोग विस्तारका लागि आफ्नो प्रयास जारी राख्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २१:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro