site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
Tiktok banner adTiktok banner ad

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार कर्णाली प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको मतविभाजनका क्रममा कँडेलको पक्षमा २३ मत परेको थियो भने विपक्षमा ११ मत परेको थियो ।

त्यस्तै, एक सांसद तटस्थ बसेका थिए । कुल ४० सदस्यीय प्रदेशसभामा मतविभाजनका क्रममा ३५ सांसद उपस्थित थिए । प्रदेशसभाका सभामुख नन्दा गुरुङले मुख्यमन्त्री कँडेललाई परेको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मत स्वीकृत भएको घोषणा गरिन् ।

कँडेललाई प्रदेश प्रमुख तिलक परियारले गत चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।   

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro