site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डा. बाबुरामको आत्मसमीक्षा : प्रचण्डले निःस्वार्थ सहयोगको बदलामा अनर्गल झुट र जालझेलकाे प्रपन्च गरे 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन क्षेत्र छोडेकोमा गल्ती स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागेका छन् । 

सामाजिक सन्जाल एक्समा लामो लेख्दै भट्टराईले कहिलेकाहीँ असल नियतले लिएका निर्णयको गलत परिणाम निस्कने गरेको उल्लेख गरेका छन् । आफूले प्रचण्डलाई निर्वाचन क्षेत्र छोडिदिने निर्णय पनि असल नियतबाट लिए पनि परिणाम सही ननिस्किएको उनको स्वीकारोक्ति छ । 
 
“कहिलेकाहीं असल मनसायले गरेको कामको गलत परिणाम आउँछ । जनसेवामा समर्पित इमान्दार मान्छेले त्यसलाई स्वीकारेर सच्याउन हिच्किचाउनु हुँदैन,” भट्टराईले लेखेका छन्, “..मैले असल मनसायले गरेको निर्णयले आमजनता र पार्टीका साथीहरूलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफ्नो मासिक जिल्ला भ्रणका क्रममा आफूलाई जनसमुदाय र पार्टीका साथीहरूले गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउने गरेका पनि उल्लेख गरेका छन् । 

“समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट, अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ,” भट्टराईले भनेका छन् । 

Global Ime bank

भट्टराईले ठूलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति पुनः सत्तादेखि सत्तासम्म र साम, दाम, दण्ड, भेदको दुष्चक्रमा फस्दै गएको, हिजोका क्रान्तिकारी नेताहरू मूल्यमान्यता र आदर्शबाट तीव्र गतिमा स्खलित हुँदै गइरहेको, ठूलो जनबलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्दै गइरहेको र जनताका सुशासन र समृद्धिका आकांक्षामा तुषारापत भइरहेको अवस्थामा आफूले सत्ता बाहिर बसेर खबरदारी गर्नेगरी असल मनसायले त्यस्तो निर्णय लिएको उल्लेख गरेका छन् । 

“आफू सदन र सरकारमा नगई पार्टी र सडकका मन्चबाट सफा र जनमुखी राजनीतिको पैरवी गर्नु र सत्तासीनहरूलाई खबरदारी गरिरहनु उपयुक्त हुने ठानेर साथीहरूलाई जानकारी गराएरै सो निर्णयमा पुगेको हुँ,” भट्टराईले भनेका छन्, “परन्तु निर्वाचन यता मुख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन नांगो रूपमा प्रदर्शित हुँदै गइरहेको, उल्टै मैले उनलाई निःस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दै गइरहेको, देश र जनताका आकांक्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौं जनताका अतुलनीय त्याग र बलिदानलाई उनको सत्तास्वार्थसँग साटेर सत्य निरूपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी आयोगहरूका कामलाई टुंग्याउनु सट्टा खेलवाड गरिरहेको लगायतका घटनाक्रमहरूले गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टि र मसँग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !