site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गुठी विधेयक छिट्टै ल्याउँछौँ : मन्त्री अधिकारी 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले छिट्टै गुठी विधेयक ल्याउने गरी गृहकार्य सुरु गरेको बताएका छन् । गुठी विधेयक मस्यौदा गर्न कार्यदल गठन गरेको भोलिपल्ट उनले त्यसका सदस्य र सरोकारवालाबीचको अन्तरक्रियामा यस्तो बताएका हुन् ।

पुरानो कानुनमा भएका राम्रा विषय अंगीकार गर्दै परिवर्तित समय र सबै समुदायको अपनत्व रहने गरी गुठी विधेयक ल्याउन मन्त्रालयले छलफल थालेको उनले जानकारी गराए । गुठी जग्गाजमिनको विषय मात्र नभएर काठमाडौं उपत्यकाको हकमा नेवाः समुदाय र देशका अरू भूभागमा आ–आफ्नो परम्परा र संस्कृतिसँग गुठी जोडिएकाले यसको स्थायी समाधान खोजिरहेको उनको भनाइ थियो ।

Dabur Nepal
NIC Asia

तत्कालका कठिनाइ र दीर्घकालमा आइपर्ने समस्या समाधानका निम्ति सबै सरोकारवालासँग छलफल गरेर मस्यौदा लिएर आउन उनले मन्त्रालयका अधिकारीलाई निर्देशन दिए ।

मन्त्रालय, गुठी संस्थान र सरोकारवालाको साझा कार्यदलले एक महिनामा दिने मस्यौदाका आधारमा ऐन निर्माण कार्य अघि बढाइने मन्त्री अधिकारीले बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले एकीकृत गुठी विधेयकले सबैको भावना समेट्ने विश्वास व्यक्त गरे । कार्यदलले सरोकारवालासँग छलफल गरेर लिखित, मौखिक र स्थलगत अध्ययन गरेर मस्यौदा ल्याउने उनले उल्लेख गरे ।

कार्यक्रममा गुठी संस्थानका गुठी प्रशासक एवं मस्यौदा कार्यदलका संयोजक किरण शाक्यले सबै समुदायको भावनाको प्रतिनिधित्व रहने र विगतका कमीकमजोरी नदोहोरिने गरी नयाँ ऐनको मस्यौदा बनाइने बताए । ०७५ सालमा नेवाः समुदायले गरेको गुठी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्ने र सरोकारवालासँग कार्यदलले छलफल गर्ने योजना रहेको उनले जानकारी गराए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro