site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पत्नीलाई भ्रष्टाचारको आरोप लागेपछि स्पेनका प्रधानमन्त्रीले आफ्ना सार्वजनिक काम रोके
फाइल तस्बिर : रोयर्टस ।

मेड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नीका बारेमा अदालतले प्रारम्भिक अनुसन्धान थालेपछि सार्वजनिक काम निलम्बन गरेका छन् । उनले आफूले सरकारको नेतृत्व गरिरहने वा सम्मानपूर्वक त्याग गर्ने भन्नेबारेमा निर्णय गर्नुपर्ने भएको छ ।

अदालतले उनकी पत्नी बेगोना गोमेजले भ्रष्टाचार गरेको सम्बन्धमा गरिएको दाबीमा प्रतिक्रिया जनाइरहेको उल्लेख गरेको छ । प्रधानमन्त्रीले आफ्नी पत्नीले अदालतमा सोबारेमा प्रतिरक्षा गर्ने जनाएका छन् । उनले आउँदो सोमबार अर्थात् अप्रिल २९ सम्ममा के गर्ने भनेर आफूले निर्णय गरिसक्ने जनाएका छन् ।

भ्रष्टाचारविरोधी अभियन्ता मनोस लिम्पियाजले प्रधानमन्त्रीपत्नीको भ्रष्टाचार मामिलाबारे यसअघि आवाज उठाएका थिए । प्रधानमन्त्री सान्चेजले आफूलाई हतोत्साहित गर्ने रणनीतिअन्तर्गत एक महिनाअघि देखिआफू र आफ्नी पत्नीलाई लक्षित गर्ने काम भइरहेको जनाएका छन् । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro