site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुजरातविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक उपविजेता गुजरात टाइटन्सविरुद्ध दिल्ली क्यापिटल्सले चार रनको रोमाञ्चक जित निकालेको छ । बुधबार राति अरुण जेट्ली रंगशालामा दिल्लीले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २२० रन मात्र बनाउन सक्यो ।

गुजरातलाई जितका निम्ति अन्तिम ओभरमा १९ रन आवश्यक थियो । तर, गुजरातले अन्तिम ओभरमा १४ रन मात्र बनाएपछि दिल्लीले चार रनको रोमाञ्चक जित निकालेको हो ।

गुजरातका साई सुदर्शनले ३९ बलमा सात चौका र दुई छक्कासहित ६५ रन बनाए । डेविड मिलरले २३ बलमा ६ चौका र तीन छक्कासहित ५५ रन थपे । ऋद्धिमान शाहले ३९, रसिद खानले २१ र साई किशोरले १३ रनको योगदान गरे ।

दिल्लीका रासिख सलामले तीन विकेट लिए । कुलदीप यादवले दुई विकेट लिए । एनरिक नोर्ट्जे, मुकेश कुमार र अक्षर पटेलले समान एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर सुरुआती ब्याटिङ गरेको दिल्लीले २० ओभरमा चार विकेट गुमाएर २२४ रन बनाएको थियो । दिल्लीका कप्तान ऋषभ पन्तले अविजित सर्वाधिक ८८ रन जोडे । उनले ४३ बलमा पाँच चौका र आठ छक्का प्रहार गरे । अक्षर पटेलले ६६, ज्याक फ्रासेसले २३, ट्रिस्टन स्टुब्सले २६ रन बनाए ।

गुजरातका सन्दीप वारिअरले सर्वाधिक तीन विकेट लिए । नुर अहमेदले एक विकेट हात पारे ।

जितसँगै नौ खेलबाट आठ अंक जोडेको दिल्ली तालिकाको छैटौँ स्थानमा छ । समान अंकको गुजरात सातौँ स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro