site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सूर्य नेपाल काठमाडौं ओपन : दोस्रो दिन दिनेश र भुवन शीर्ष स्थानमा 

काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२३–२४ अन्तर्गतको सातौँ प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश प्रजापति र भुवन नगरकोटी समग्रमा २–अन्डर १३४ सहित शीर्षस्थानमा रहेका छन् । उनीहरूले ३६ होलको समाप्तिमा रवि खड्कालाई दुई स्ट्रोकले पछि पारे । 

दिनेशले आज ४–अन्डर ६४ मा खेल सकाए । भुवनले भने २–अन्डर ६६ को स्कोर कार्ड तयार पारे । समग्रमा इभन–पार १३६ सहित रवि खड्का तेस्रो स्थानमा छन् । उनले आज १–अन्डर ६७ को स्कोर दर्ता गरे । समग्रमा १–ओभर १३७ सहित रामे मगर, निरज तामाङ र भुवन कुमार रोक्का संयुक्तरुपमा चौथो स्थानमा छन् । 

रामेले ४–अन्डर ६४ को उत्कृष्ट स्कोरमा दोस्रो दिनको खेल सकाए । निरज र भुवनले इभन–पार ६८ स्कोर गरे । यसैगरी जयराम श्रेष्ठ र सञ्जय लामा संयुक्तरूपमा सातौँ स्थानमा छन् । उनीहरूले समग्रमा २–ओभर १३८ को स्कोर बनाएका छन् । दुवैले आज इभन–पार ६८ मा खेल सकाए । 

Dabur Nepal
NIC Asia

प्रो कार्ड लिएपछि पहिलोपटक घरेलु टूर खेलिरहेका सुवास तामाङले १–अन्डर ६७ सहित समग्रमा ३–ओभर १३९ को स्कोर गरे । उनी नवौँ स्थानमा छन् । ४–ओभर १४० सहित संयुक्तरूपमा १०औँ स्थान बाँडे । दुवैले २–ओभर ७० मा खेल सकाए । 

३६ होलको समाप्तिमा १७–ओभर १५३ सम्म स्कोर गर्ने २२ प्रोफेसनल र ४ एमेच्योर गरी २६ गल्फरले कट बनाएका छन् । प्रोतर्फ तोरण विक्रम शाही, टंकबहादुर कार्की, प्रदीपकुमार लामा, कृष्णमान राजबाहक, टासी घले, भीमसेन चौलागाईं, वसन्तराज गुरुङ, रामकृष्ण श्रेष्ठ, पशुपति शर्मा, भुवनबहादुर गुरुङ र किसन कालीराज सुनारले अन्तिम ३६ होलको लागि स्थान बनाए । 

एमेच्योरतर्फ टासी छिरिङ समग्रमा २–ओभर १३८ सहित सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा रहेका छन् । उनले २–अन्डर ६६ को स्कोर निकाले । दाबेदार युवा गल्फर सद्भावले समग्रमा ३–ओभर १३९ स्कोर खडा गरे । उनले १–अन्डर ६७ को कार्ड बनाए । 

राहुल विश्वकर्मा समग्रमा १०–ओभर १४६ सहित तेस्रो स्थानमा छन् । उनले आजको खेल इभन–पार ६८ मा सकाए । यी तीन एमेच्योरसँगै भरत थापा मगरले पनि कट बनाए । ४–अन्डर ६४ को उत्कृष्ट कार्ड बनाउँदै दिनेश पाँचौँ स्थानबाट संयुक्तरूपमा शीर्ष स्थानमा उक्लिएका हुन् । उनले सुरूआत सानदार गरे । पहिलो, चौथो, छैटौँ र सातौँ होलमा बर्डी प्रहार गर्दा पाँचौँ होलमा एक सट खेर फाले । उनले फ्रन्ट नाइन ३–अन्डर ३१ मा सकाए । यसपछि १५औँ होलको बोगीको विरूद्ध १०औँ र १४औँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइनमा १–अन्डर ३३ खेले । 

पहिलो दिनका लिडर भुवनले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए । पहिलो र छैटौँ होलमा बर्डी प्रहार गरे पनि चौथो होलमा डबल बोगी खेपे । यसपछि उनले ब्याक नाइनमा चार वटा बर्डीको सफलता प्राप्त गरे । १०औँ, १३औँ, १५औँ र १६औँ होलमा एक–एक सट बचाए । १४औँ र १८औँ होलको बोगीले ब्याक नाइन २–अन्डर ३२ मा सकाउन बाध्य भए । 

रविले फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गरे । पहिलो र चौथो होलमा इगल प्रहार गर्दै चार सट बचाए । तेस्रो होलमा एक सट खेर फाले भने सातौँ होलको बर्डीले फ्रन्ट नाइन ४–अन्डर ३० मा सकाए । तर, ब्याक नाइनमा उनले लय गुमाए । १४औँ देखि १६औँ होलमा लगातार तीन बोगी खेपे र ब्याक नाइन ३–ओभर ३७ मा पुरा गरे । 

चार दिने प्रतियोगितामा कुल पुरस्कार राशी सात लाख तीन हजार ५०० रुपैयाँ छ । विजेताले एक लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन् । यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौँ हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन् । टप २१ मा पर्ने प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro