site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बढ्दो प्रोस्टेट क्यान्सर : के हो लक्षण, कसरी गर्ने उपचार ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेडिकल जरनलको ताजा रिपोर्टअनुसार विश्वभरी नै प्रोस्टेट क्यान्सरको समस्या बढ्दै गइरहेको छ । लेन्सेटको रिपोर्टअनुसार प्रोस्टेट क्यान्सरका रोगी विश्वमा सन् २०२० मा १४ लाख रहेकोमा २०४० मा यो संख्या बढेर २९ लाख हुनेछ । यसमा यो पनि भनिएको छ, कि ११२ देशका पुरुषमा यो रोग पाइएको छ । अन्य क्यान्सरमध्ये प्रोस्टेट क्यान्सर १५ प्रतिशत रहेको छ । 

२०२० मा यो रोगका कारण विश्वभरीका तीन लाख ७५ हजार पुरुषको मृत्यु भएको थियो । एक आंकलनअनुसार २०४० सम्ममा यसबाट मृत्युदर ८५ प्रतिशतले वृद्धि हुन सक्छ । पुरुषमा क्यान्सरबाट मृत्यु हुने यो ५औं कारणमा पर्छ । भारतमा प्रोस्टेट क्यान्सरको समस्या तीन प्रतिशत रहेको छ । र, प्रतिवर्ष ३३ हजार देखि ४२ हजारसम्म क्यान्सरका बिरामी थपिने गरेका छन् । 

रिपोर्टअनुसार हरेक वर्ष एक लाख मानिसमा चारदेखि आठजनामा प्रोस्टेट क्यान्सरको समस्या देखिने गरेको छ । भारतमा क्यान्सरको मामिलामा ३० प्रतिशतको बढोत्तरी भएको छ । पछिल्ला २५ वर्षमा सहरीवासीमा प्रोस्टेट क्यान्सर ७५ देखि ८५ प्रतिशत बढिरहेको छ । दिल्लीमा बस्दै आएका राजेशकुमारलाई सन् २०२२ अक्टोबरमा प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो । उनकी पत्नी रितु मारवाह भन्छिन्, ‘मेरो पतिलाई पिसाब रोकिने समस्या थियो । उनी पिसाब फेर्न समय लगाउँथे । हामी हरेक वर्ष स्वास्थ्य परीक्षण गराउँथ्यौँ । यो समस्यापछि चिकित्सकले हामीलाई अल्ट्रासाउण्ड गर्न भने ।’

Prabhu Bank
Agni Group
NIC Asia

यो जाँचपछि राजेशकुमारलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि चिकित्सकले प्रोस्टेट स्पेसिफिक एन्टिजन या पीएसए टेस्ट गर्न सुझाव दिएका थिए । यसपछि एमआरआई र बायोप्सी गरियो र जाँचपछि पत्ता लाग्यो कि उनलाई दोस्रो स्टेजको क्यान्सर छ । 

के हो प्रोस्टेट क्यान्सर ?

Global Ime bank

प्रोस्टेट क्यान्सर पुरुषको मुत्राशयको तल्लो भागमा हुन्छ । यसको आकार ओखरको जस्तो हुन्छ र उमेरअनुसार नै यो बढ्न थाल्छ । चिकित्सकहरूका अनुसार ४५ देखि ५० वर्ष उमेरपछि पुरुषलाई प्रोस्टेटसम्बन्धी समस्या आउन सक्छ । अनि हरेक व्यक्तिमा यो समस्या देखिन्छ भन्ने छैन । जब यो बढ्न थाल्दछ, चिकित्सकले पीएसए टेस्ट गर्न सुझाव दिन्छन् । परीक्षणपछि क्यान्सरको शंका लागेमा थप जाँच गराइन्छ । त्यसपछि यसबारे थाहा हुन्छ ।  
 
अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स दिल्लीमा सर्जिकल अन्कोलोजी विभागका प्राध्यापक रहिसकेका डा. एसवीएस देवका अनुसार उमेर बढ्दै गएपछि यससम्बन्धी समस्या देखिने गरेको छ । 

डा. विक्रम बरुआ कौशिक आर्टिमिस अस्पतालमा यूरोलोजी प्रमुख हुन् । उनी भन्छन्, “मानिसको औसत उमेर बढेपछि प्रोस्टेट क्यान्सरको समस्या देखिन थाल्छ । तर, जति आंकडा सार्वजनिक भइरहेका छन् । त्योभन्दा संख्या बढी हुन सक्छ ।”

डा. एसवीएस देव भारतमा क्यान्सर रजिस्ट्रीअनुसार  पछिल्लो एक दशकमा प्रोस्टेट क्यान्सरका बिरामी बढेका छन् । तर, पश्चिमी देशको तुलनामा दुई तीन गुणा कम रहेको छ । उनका अनुसार क्यान्सरको यो तथ्यांक क्यान्सर रजिस्ट्रीबाट आउने हो र हरेक अस्पतालबाट यो सूचना लिइएको पनि हुँदैन । त्यसैले प्रोस्टेट क्यान्सरको अहिलेको तथ्यांकभन्दा बढी हुन सक्छ । प्रोस्टेट क्यान्सरको तथ्यांक किन पनि कम आउँछ भने स्क्रिनिङ कार्यक्रम कम छन् । तर, पश्चिमी देशमा ज्यादा स्क्रिनिङ हुन्छ । यद्यपि यसबाट कतिको मृत्यु भयो भन्ने कुराको आंकलन गर्नु चुनौतीपूर्ण  छ । यसबाट हुने मृत्युका घटनाको रिपोर्टिङ कम मात्रामा हुने गरेको छ ।

के यो जीवनभरीको समस्या हो ?

चिकित्सक प्रदीप बन्सलका अनुसार जब—जब पुरुषमा उमेर बढ्दै जान्छ, प्रोस्टेट क्यान्सरको समस्या देखिने गरेको छ । यसको कारण जेनेटिक पनि हुने गरेको छ । शाकाहारीभन्दा मांसाहारीलाई धेरै मात्रामा यो रोग हुने गरेको पाइन्छ । फोर्टिस अस्पतालमा युरोलोजी, रोबिटिक्स एण्ड रिनल ट्रान्सप्लान्ट विभागका निर्देशक डा. बन्सल भन्छन्, “यसको मतलब यो होइन कि शाकाहारीलाई यो रोग नै लाग्दैन ।  धूमपान गर्ने व्यक्तिलाई मुटुको रोग हुने जोखिम धेरै हुन्छ । अनि जो धूमपान गर्दैन, उसलाई पनि मुटुको रोग भइरहेको हुन्छ ।”

लेन्सेटको रिपोर्टमा ढिलोगरी स्वास्थ्य परीक्षण गर्दा प्रोस्टेट क्यान्सरको समस्या देखिने गरेको छ । विशेषगरी निम्न तथा मध्यम आयस्रोत हुनेले समयमै उपचार नगर्दा क्यान्सरको सामना गर्नुपरेको छ । 

पोस्टेट क्यान्सरको लक्षण

परिवारमा प्रोस्टेट क्यान्सरको समस्या छ भने अन्य सदस्यले स्वास्थ्य परीक्षण गराउन चिकित्सकले सल्लाह दिन्छन् । चिकित्सकहरूको भनाइ छ कि प्रोस्टेट क्यान्सरको कुनै लक्षण हुँदैन । चिकित्सकका अनुसार पीएसए लेभल व्यक्तिको उमेर र उसको मोटाइमा निर्भर गर्दछ ।

अमेरिकी सरकारको आधिकारिक वेबसाइट नेसनल क्यान्सर इन्स्टिच्युटका अनुसार कुनै सामान्य वा असामान्य पीएसए लेभल हुँदैन । पहिले चार दशमलव शून्य एनजी÷एमएल वा यसभन्दा कमलाई सामान्य मानिन्थ्यो । तर, अहिले देखिएको छ कि जसको लेभल योभन्दा कम थियो उसलाई पनि प्रोस्टेट क्यान्सर देखिएको छ । योभन्दा बढी अर्थात् १० एनजी÷एमएल थियो, उसलाई क्यान्सर देखिएन । 

चिकित्सकका अनुसार सुरूमा यसको लक्षण देखिँदैन । तर, पटक पटक पिसाब लाग्ने, पिसाबमा रगत मिसिएर आउने जस्ता समस्या भने देखिन्छन् । यसपछि पीएसए टेस्ट गरिन्छ ।  

यसबारेमा डा बन्सल भन्छन्, ‘६० देखि ७५ वर्षका प्रोस्टेटका बिरामीलाई क्यान्सर पत्ता लाग्दछ । यदि त्यो प्रोस्टेटमा मात्रै सीमित छ भने हामी रोबोटिक सर्जरीको सल्लाह दिन्छौं । यसमा १० देखि १५ वर्षसम्म मानिस बाँच्न सक्छ । तर, हड्डीमा फैलिइसकेको छ भने गाह्रो हुन्छ र त्यसको उपचार विधि पनि अलग हुन्छ ।’

औषधि पाइन्छ ?

चिकित्सकहरूका अनुसार प्रोस्टेट क्यान्सर रगतको परीक्षणबाट थाहा हुन्छ । प्रोस्टेट बढेको पाइएमा इमेजिङ अल्ट्रासाउण्ड र एमआरआई पनि गरिन्छ । डा एसवीएसका अनुसार सुरुआती चरणमा बिरामीको रोबोटिक सर्जरी हुन्छ र सो भागलाई निकालेर फालिन्छ । यदि स्टेज धेरै भइसकेको छ भने हर्मोनथेरापी गरिन्छ । त्यसपछि बिरामीको अवस्था हेरेर उपचार गरिन्छ । उनका अनुसार प्रोस्टेट क्यान्सरको बिरामी पाँचदेखि १५ वर्षसम्म बाँच्न सक्छ । 

वंशाणुगत बिरामी

चिकित्सकहरूका अनुसार यदि परिवारमा यसखालको बिरामी छ भने अन्य सदस्यलाई पनि देखापर्न सक्छ ।  यसर्थ परिवारका सदस्यमा प्रोस्टेटको परीक्षण गर्नुपर्छ । परिवारका पुरुष सदस्यको ४५ वर्षपछि हरेक दुई वर्षमा यससम्बन्धी परीक्षण गर्नुपर्दछ । यस्तै महिलामा ब्रेस्ट क्यान्सरको पनि जाँच गराउनु जरूरी हुन्छ ।

कहाँ कस्तो अवस्था ?

लेन्सेटको रिपोर्टअनुसार २०२० पछि प्रोस्टेट क्यान्सरको समस्या पूर्वी एसिया, दक्षिण अमेरिका, पूर्वी युरोप, उत्तरी अमेरिकाजस्ता देशमा बढेको पाइएको छ भने मृत्युदर पनि वृद्धि भएको छ । 

डा एसवीएस देवका अनुसार अमेरिका र युरोपका मानिस अब आफ्नो स्वास्थ्यमा ध्यान दिन लागिपरेका छन् । सकारात्मक परिणाम आउन दशकको समय लाग्न सक्छ । ८९ वा ९० को दशकलाई हेर्ने हो भने धेरै जंक फुड खाँदा यो समस्या अहिले देखापरेको हो ।  डा विक्रम बरुवा कौशिकका अनुसार अमेरिकामा यसको स्क्रिनिङ ठूलो मात्रामा भइरहेको र अन्य विकसित देशमा पनि भइरहेको छ । सबै चिकित्सकहरुको भनाइ छ कि यो क्यान्सरको उपचार सम्भव छ । तर, बैलेमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !