site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अब जिल्ला खेल संघको पनि अनुगमन हुन्छ : सदस्यसचिव घिसिङ
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघले विभिन्न जिल्लामा गठन गरेका जिल्ला संघका गतिविधिको पनि अनुगमन गर्ने बताएका छन् ।

भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुरास प्रतियोगिताका पदक विजेतालाई बधाई दिन आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले कार्यसमितिले कार्ययोजना कार्यान्वयनबारे अनुगमन हुनुपर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“अब राष्ट्रिय खेल संघहरूको मात्र हैन, राष्ट्रिय खेल संघले विभिन्न जिल्लामा गठन गरेका जिल्ला संघको पनि अनुगमन हुन्छ,” सदस्यसचिव घिसिङले भने, “कार्यसमिति बन्नु मात्र ठूलो कुरा होइन । कार्यसमितिले कस्तो कार्ययोजना ल्याउँछ र त्यसलाई कति कार्यन्वयन गर्छ, त्यो हेर्न जरुरी छ । सम्बन्धित जिल्लामा कति खेलाडी छन्, कति प्रशिक्षक छन्, प्रशिक्षण भइरहेको छ कि छैन । के के गतिविधिहरू भइरहेका छन् । सबै कुराको अनुगमन हुन्छ ।”

वैशाख ७ देखि ८ गतेसम्म भएको प्रतियोगितामा दुई स्वर्ण र तीन रजत गरी पाँच पदक जित्दै नेपाल दोस्रो भएको थियो । दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जितेका थिए । परि घर्ती मगर, अर्जुन क्षेत्री र दीपिका अछाजुले रजत पदक प्राप्त गरेका थिए । दिक्षा जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंका पाँच राष्ट्र सहभागी थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement