site stats
बाह्रखरी :: Baahrakhari
देश
डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

काठमाडौं । निजी क्षेत्रको हेलिकोप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकोप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको बताए । उनले भने, “डढेलो नियन्त्रणका लागि हाम्रा हेलिकोप्टर प्रयोग गर्न सकिन्छ ।”

Argakhachi Cement Island Ad

आफ्नो कम्पनीका हेलिकोप्टरमार्फत ‘बम्बी बकेट’ प्रणालीअनुसार जंगलमा लागेको आगो निभाउन सकिने बताउँदै उनले पाथिभरा, लुक्ला, तनहुँ, काठमाडौंको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायत स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाइएको जानकारी दिए ।  

कम्पनीले विगतमा आफ्नो सामाजिक  उत्तरदायित्वअन्तर्गत हेलिकोप्टर प्रयोग गरी आगो निभाएको महाप्रबन्धक जोशीले बताए । उनले देशका सबै पालिकालाई पानीको स्रोत व्यवस्थापन गर्न अुनरोध गरे । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार ५३ जिल्लाका ४३६ वनमा डढेलो सल्केको थियो । रासस

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्