site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्‍यो एक हजार २३१ मिर्गौला प्रत्यारोपण
Sarbottam CementSarbottam Cement

काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १२ वर्षमा एक हजार २३१ मिर्गौला प्रत्यारोपण गरेको छ । मंगलबार १२औँ वार्षिकोत्सव मनाउँदै केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले एक हजार २३१ मिर्गौला र २३ कलेजो प्रत्यारोपण गरेको जानकारी दिए ।

२०६९ देखि मिर्गौला प्रत्यारोपण सुरू गरेको केन्द्रले चालु आर्थिक वर्षको नौ महिनामा मात्रै १४१ मिर्गौला र १२ कलेजो प्रत्यारोपण गरेको छ । सीमित जनशक्ति र भौतिक पूर्वाधारका बाबजुद सो संख्यामा प्रत्यारोपण गर्नु मिर्गौला स्वास्थ्यको क्षेत्रमा ठूलो उपलब्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंह बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रलाई आफ्नै भवनसहित प्रतिष्ठानको रूपमा विस्तार गर्नसके सेवाको दायरा अझै फराकिलो बनाउन सकिने डा. पुकारको जोड छ ।

केन्द्रलाई भक्तपुर जिल्ला अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँग समायोजन गरी एकीकृत प्रतिष्ठानको रूपमा विस्तार गर्न पहल गर्ने भक्तपुर क्षेत्र नम्बर २ का सांसद दुर्लभ थापाले बताए । केन्द्रको आफ्नै भवन नहुनु र अधिकांश कर्मचारी अस्थायी रहनु र भएका कर्मचरीलाई समेत टिकाइराख्न नसक्नु केन्द्रका निम्ति तत्काल सम्बोधन गर्नुपर्ने समस्या रहेको डा . पुकारको भनाइ छ ।

Global Ime bank

केन्द्रले हाल पोखरा र सुर्खेतबाट मिर्गौला प्रत्यारोपण तथा १०० केन्द्रबाट डायलायसिस सेवा दिइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement