बाह्रखरी फोटो
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ स्थित तीर्थस्थल बाइसधारामा मंगलबार बिहानदेखि मेला लागेको छ । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिनदेखि यहाँ मेला लाग्ने गर्छ । मेला पाँच दिनसम्म लाग्ने गरेको छ ।
मेलाअन्तर्गत आज बिहानैदेखि बाइसधाराको पानी लिने र नुहाउने भक्तजनको भीड लागेको छ । बाइसधाराको पानीले नुहाउँदा छालासम्बन्धी रोग नलाग्ने जनविश्वास छ ।
यस दिन नागार्जुनस्थित जामाजुडाँडामा पनि मेला लाग्ने गर्छ । आजैदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जात्रा सुरु हुने गर्छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१ ०९:३५
प्रतिक्रिया दिनुहोस्