site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्सेसँगै घट्यो कारोबार रकम, म्युचुअल फन्डबाहेक सबै समूह राताम्य

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १५.४१ अंक घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार नेप्से परिसूचक ०.७७ प्रतिशतले घटेर १९६९.०२ विन्दुमा बन्द भएको हो ।

आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ । आज दुई अर्ब पाँच करोड रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार दुई अर्ब २५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यसदिन समूहगत परिसूचकमध्ये म्यूचुअल फन्ड समूहको परिसूचक वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.०२ प्रतिशतले बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक घटेको छ । यो समूहको परिसूचक २.१० प्रतिशतले घटेको छ ।

आज ४९ कम्पनीको १८६ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा आएकामध्ये पिपुल्स पावर लिमिटेडको सेयर मूल्य ६.९१ प्रतिशतले वृद्धि भएको छ । डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्य भने ७.३७ प्रतिशतले घटेको छ । आज पनि गुर्खाज फाइनान्सको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको ११ करोड ५४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro