site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अदालतबाट सफाइ पाएका मरासिनीलाई अर्थसचिवको जिम्मेवारी

काठमाडौं । अर्थसचिवमा मधुकुमार मरासिनीलाई ल्याइएको छ । सोमबार बसेको मन्त्रिपरिपद्को बैठकले अदालतबाट सफाइ पाएका मरासिनीलाई अर्थसचिवलाई सरुवा गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मरासिनी यसअघि उद्योग मन्त्रालयमा थिए ।

हाल अर्थसचिव रहेका डा. कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । 

नेसनल पेमेन्ट खरिद प्रकरणमा मरासिनीले सफाइ पाएका हुन् । मरासिनी अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदा पेमेन्ट गेटवे खरिदका लागि बजेट विनियोजन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा चलाएको थियो । तर, विशेष अदालतले अख्तियारको दाबीलाई अस्वीकार गर्दै सचिव मरासिनीलाई सफाइ दिएको हो ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro