site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
निश्चल बने सर्वोत्कृष्ट निर्देशक

काठमाडौं । रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ सर्वोत्कृष्ट सिनेमा घोषित भएको छ । निर्देशनमा ‘दिमाग खराब’बाट निश्चल बस्नेत सर्वोत्कृष्ट निर्देशक घोषित भएका छन् ।

अभिनेत्रीतर्फ ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट हुँदा ‘नाङ्गो गाउँ’बाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता भए । पटकथातर्फ पनि ‘सतीदेवी’ले अवार्ड पायो । 

Dabur Nepal
NIC Asia

अभिनेत्री मलिका महतले यही सिनेमाबाट बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड जितिन् भने सत्यराज चौलागाईं निर्देशित तथा मुकुन भुषाल अभिनित ‘विच्छेद’ले जुरी मेन्सन अवार्ड जित्यो । रंग संयोजनमा ‘दिमाग खराब’का राजेन्द्र मोक्तान सर्वोत्कृष्ट भएका आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव अवार्ड विजेता सूची :
१. बेस्ट फिल्म– सतीदेवी
२. जुरी मेन्सन अवार्ड– फिल्म विच्छेद
३.बेस्ट प्रोडक्सन कम्पनी– सिनेमा आर्टस नेपाल
४. बेस्ट निर्देशक फिचर फिल्म – निस्चल बस्नेत (दिमाग खराब)
५. बेस्ट स्क्रिन प्ले फिचर फिल्म – लक्ष्मण सुवेदी (सतीदेवी)
६. बेस्ट एक्टर फिचर फिल्म– दयाहाङ राई फिल्म (नाङ्गो गाउँ)
७. बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड– मलिका महत (सतीदेवी)
८. बेस्ट एक्ट्रेस फिचर फिल्म – स्वस्तिमा खड्का (दिमाग खराब)
९.बेस्ट म्युजिकल शर्ट फिल्म – (अन्तै माया) रणधीर श्रेष्ठ
१०.बेस्ट शर्ट फिल्म जुरी मेन्सन अवार्ड – रित्तो गाउँ (रामजी ज्ञवाली)
११. बेस्ट शर्ट फिल्म– मदर (परिच्छेद सेन)
१२. बेस्ट डकुमेन्ट्री– द आइरन डिगर (अनिल बुढा मगर)
१३. बेस्ट एडिटर – बनिश शाह (नाङ्गो गाउँ)
१४. बेस्ट सिनेम्याटोग्राफर– संकल्प भुजेल (बिच्छेद)
१५. बेस्ट कलरिस्ट– राजेन्द्र मोक्तान (दिमाग खराब)
१६.बेस्ट कल्चरल फिल्म– माराङ .मगर भाषा बुद्दिया एस मगर)
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro