site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘खेल’को ट्रेलरमा रहस्यमय कथा 

काठमाडौं । चलचित्र खेलको ट्रेलर सार्वजनिक भएको छ । सस्पेन्स थ्रिलर  चलचित्र ‘खेल’को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको हो । 

ट्रेलरमा प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटाको अभिनय देख्न सकिन्छ ।

ट्रेलरमा शिक्षकले विद्यार्थीलाई काठमाडौंको इतिहास पढाउँदै गरेको दृश्यसँगै अन्धविश्वास, रोगको प्रकोप र जादुका विषयहरू छन् । 

वैशाख १२ गते प्रदर्शनमा आउने चलचित्र ‘खेल’लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् । 

चलचित्रको कथा आशिषराज महर्जनले लेखेका छन् । पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् ।

चलचित्रको छायांकन रोशन राई र सञ्जय लामाले गरेका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro