
काठमाडौं । बलिउड अभिनेता सलमान खान मुख्य भूमिकामा रहेको चलचित्र ‘सिकन्दर’ औसत कलेक्सनमा खुम्चिएको छ ।
आइतबारबाट रिलिज भएको यो चलचित्रले पहिलो दिन ३०.६ करोड रुपैयाँ नेट कलेक्सन गरेको छ ।
पाइरेसीका बाबजुद पनि ‘सिकन्दर’को यो कलेक्सनलाई राम्रो मान्नुपर्ने बलिउड समीक्षक सुमित कडेलले बताएका छन् । ‘सिकन्दर’ रिलिजअगाडि नै एचडी क्वालिटीमा पाइरेसी भएको थियो ।
सुरुमै चलचित्र पाइरेसी हुँदा यसको मारमा ‘सिकन्दर’का निर्माता परेका छन् ।
एआर मुरुगादास निर्देशित ‘सिकन्दर’मा सलमान खान र रश्मिका मन्दनाको मुख्य भूमिका छ । यो चलचित्रमा सलमान र रश्मिकाबाहेक काजल अग्रवाल, सत्यराज, सुनील शेट्टी, शरमन जोशी, प्रतीक बब्बरको पनि अभिनय छ ।
‘सिकन्दर’ले कमजोर रेटिङ पाएको छ । अधिकांश समीक्षकले यो चलचित्रलाई दुई स्टार दिएका छन् ।