site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर छ । शब्द तथा संगीत प्रकाश सपूतको छ ।

गीत सार्वजनिक गर्दै चलचित्रका निर्देशक समेत रहेका प्रकाश सपूतले मानिस जुनसुकै जात र वर्गको भए पनि एउटै भएको सन्देश ‘हेर्दै आँखामा’ गीतले दिने प्रयास गरेको बताए । 

सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र वसन्तले विभिन्न धर्म र संस्कार अनुसार विवाह गरेको देखाइएको छ । यसले सिनेमाको कथा र त्यसको मर्मलाई चित्रण गर्ने प्रकाशको उनको भना छ । 

चैत २२ गतेबाट रिलिज हुने चलचित्रमा प्रकाश सपूतसँगै स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक प्रकाशले नै तयार पारेका हुन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro