site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्सनल, लिभरपुल र सिटीमध्ये कसले जित्ला उपाधि ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । माइकल अर्टेटाको टोली आर्सनल शनिबार वुल्भ्सविरुद्ध २–० को जित निकाल्दै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । तर, अझै उपाधिमा म्यानचेस्टर सिटीकै प्रमुख दाबेदारी छ ।

लियान्ड्रो ट्रोसार्ड र मार्टिन ओडेगार्डको गोलप्रेरित आर्सनलले मोलिनेक्समा तीन अंक जोड्दै शीर्ष स्थान हासिल गर्‍यो । अर्टेटाको टोली अहिले दोस्रो स्थानको सिटीभन्दा एक र तेस्रो स्थानको लिभरपुलभन्दा तीन अंकले अगाडि छ । तर, शीर्ष स्थानपछिका यी दुवै टिमले आर्सनलभन्दा एक खेल कम खेलेका छन् ।

ओप्टाका अनुसार, सिटीले लगातार चौथोपटक प्रिमियर लिगको उपाधि जित्ने सम्भावना ६९.८ प्रतिशत छ । तीन अंकको एक खेल अझै बाँकी रहेकाले पनि उपाधिमा सिटीको प्रमुख दाबेदारी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार हुने फुलहमविरुद्धको खेलमा जित निकाले योगार्न क्लोपको टोली लिभरपुलले पनि दुई शीर्ष टोलीमाथि दबाब बढाउने निश्चित छ । लिभरपुलले फुलहमको भ्रमण गर्दा सिटीलाई फाल्मेर रंगशालामा ब्राइटनले आतिथ्यता प्रदान गर्दै छ ।

प्रिमियर लिगको तेहेरो उपाधि होडमा आउँदो साता जस्तो प्रतिस्पर्धा भए पनि यो वर्षको सबैभन्दा कडा प्रतिस्पर्धाका रूपमा रहनेछ ।

Global Ime bank

ओप्टाको भविष्यवाणीअनुसार, आर्सनलले वुल्भ्सविरुद्ध जित निकाल्नुअघि सिटीले प्रिमियर लिगको उपाधि जित्ने सम्भावना ७०.१ प्रतिशत थियो । तर, वुल्भ्सविरुद्ध उसैको मैदानमा आर्सनलले सहज निकालेपछि सिटीको यो सम्भावना घटेर ६९ प्रतिशतमा झरेको हो ।

ओप्टाका अनुसार, उपाधि होडको दोस्रो प्रमुख दाबेदार आर्सनलले प्रिमियर लिग जित्ने सम्भावना १७.७ प्रतिशत छ । यी दुई टोलीमाथि दबाब बढाइरहेको लिभरपुलको सम्भावना १२.५ प्रतिशत छ ।

कस्तो छ बाँकी खेलको सम्भावना ?
प्रिमियर लिगको उपाधि छिनोफानोका निम्ति अब अन्तिम ६ (आर्सनलको पाँच) खेल मात्र बाँकी छ । तेस्रो स्थानको लिभरपुलले आइतबार फुलहमविरुद्ध खेल्दै छ । जसमा पाहुना टिमको जित सम्भावना ५७ प्रतिशत छ । यसपछि क्लोपको टोलीले अप्रिल २४ मा एभर्टनविरुद्ध खेल्दै छ । जसमा जित सम्भावना ६२ प्रतिशत छ । लिभरपुलले अप्रिल २७ मा वेस्टहमविरुद्ध ५४, मे ५ मा टोटनहमविरुद्ध घरेलु मैदानमा ६१, मे ११ मा एस्टोन भिल्लाविरुद्ध अवेमा ४३ र मे १९ मा वुल्भ्सविरुद्ध ७४ प्रतिशत जितको सम्भावना बोकेको छ ।

प्रमुख दाबेदार सिटीले अप्रिल २५ मा ब्राइटन भ्रमण गर्दा जित सम्भावना ६७ प्रतिशत छ । त्यसको तीन दिनपछि नटिङ्घम फरेस्टविरुद्ध ७९ प्रतिशत, मे ४ मा वुल्भ्सविरुद्ध ८५, मे ११ मा फुलहमविरुद्ध ७३, मे १४ मा टोटनहमविरुद्ध ५८ र जारी सिजनको अन्तिम दिन मे १९ मा वेस्टहमविरुद्ध ८१ प्रतिशत जितको सम्भावना बोकेको छ सिटीले ।

आर्सनलले अब पाँच खेलमध्ये चेल्सीसँग घरेलु मैदानमा, टोटनहमविरुद्ध अवे, बर्नमाउटविरुद्ध घरमा, म्यानचेस्टर युनाइटेडविरुद्ध अवे र एभर्टनविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । जसमा चेल्सीविरुद्ध ६४ प्रतिशत, टोटनमहविरुद्ध ४१, बर्नमाउथविरुद्ध ८०, म्यानचेस्टर युनाइटेडविरुद्ध ३९ र एभर्टनविरुद्ध ७९ प्रतिशत जितको सम्भावना रहेको ओप्टाले देखाएको छ ।

यसअघि कहिले थियो चर्को उपाधि होड ?
प्रिमियर लिगको इतिहासमा यसअघि धेरैपटक तीन टिमले ३८ खेलको सिजनमा उपाधिमाथि प्रबल दाबेदारी प्रस्तुत गरेका थिए ।

सन् २०१३–१४
सन् २०१४ को मे ६ सम्म लिभरपुल, सिटी र चेल्सीबीच जम्मा दुई अंकको अन्तर थियो । तर, चेल्सीसँग लिभरपुल २–० ले पराजित भएपछि सिटीले ८६ अंकसहित प्रिमियर लिगको उपाधि जित्यो । त्यस बेला दोस्रो स्थानको लिभरपुल ८४ र तेस्रो स्थानको चेल्सीले ८२ अंक जोड्दै सिजनको अन्त्य गरेका थिए ।

सन् २००१–०२
सन् २००२ को अप्रिल २३ मा आर्सनलले लिभरपुललाई एक अंकले पछि पार्दा म्यानचेस्टर युनाइटेड अझ एक अंकले पछाडि थियो । तर, लिभरपुलभन्दा एक खेल कम खेलेको आर्सनलले अन्तिमका आठ खेलमा शतप्रतिशत जित निकाल्दै सहजै प्रिमियर लिगको उपाधि जित्यो । आर्सनलले युनाइटेडलाई ओल्ड ट्राफोर्डमा नै हराएर लिगको उपाधि पक्का गरेको थियो ।

सन् १९९५–९६
उक्त सिजनको मध्यमार्चमा आठ खेल बाँकी हुँदा म्यानचेस्टर युनाइटेड र न्युक्यासल ६१ अंकसहित शीर्ष र दोस्रो स्थानमा थिए । यी दुईलाई पछ्याइरहेको लिभरपुल ५९ अंकसहित तालिकाको तेस्रो स्थानमा थियो । न्युक्यासलभन्दा दुई खेल धेरै खेलेको भए पनि सर एलेक्स फर्गुसनको युनाइटेडले केभिन किगान्सको टोलीलाई पछि पार्दै लिगको उपाधि जितेको थियो ।

समान अंकसहित सिजनको अन्त्य भए के हुन्छ ?
यदि, दुई वा तीन टिमले समान अंकसहित सिजनको अन्त्य गरे उपाधिको छिनोफानो गोलका आधारमा गरिनेछ । यदि, यी दुवै बराबर भए ‘हेड टु हेड’ र हेड टु हेडअन्तर्गत अवे गोल धेरै गरेका आधारमा स्थान छुट्ट्याइनेछ । 

(बीबीसीबाट अनूदित)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement