site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थतन्त्र लयमा छैन : पूर्वअर्थमन्त्री पाण्डे
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको अर्थतन्त्र लयमा नरहेको बताएका छन् । नेकपा (एमाले) धादिङ–काठमाडौं सम्पर्क मञ्चले स्वयम्भुमा आज आयोजना गरेको कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले अर्थतन्त्रलाई सकारात्मक गति दिन विभिन्न चुनौती देखिएको बताए । बजार अर्थतन्त्रको रुपमा रहेको जनसंख्या वृद्धिदर घट्नु र युवाजनशक्ति पलायन हुनुले अर्थतन्त्रमा ठूलो असर पार्ने उनको भनाइ छ ।

जनसंख्या कम भएपछि बजारको आकार स्वाभाविक रुपले खुम्चने भन्दै उपाध्यक्ष पाण्डेले वस्तु तथा सेवाको लागि बजार अनिवार्य रहेको र बजारका लागि जनसंख्याले अर्थ राख्ने बताए । उनले बजार कम हुँदा अर्थतन्त्रमा पनि संकुचन आउने बताए । 

प्रविधिको विकाससँगै उपलब्ध रोजगारीमा कटौती भएकाले श्रम बजारमा पनि जनशक्तिको ठाउँ मेसिन तथा प्रविधिले लिँदै गएको उनको भनाइ छ । प्रविधिको विकाससँगै त्यसको ज्ञान र पहुँच बढाउन नसकिए अर्थतन्त्रमा त्यसबाट हुनसक्ने योगदानबाट वञ्चित हुने अवस्था रहेको पाण्डे बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement