site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
रामेछापमा सिनेमा हल संचालन गर्न स्थानीय तहले सहयोग गर्ने 

काठमाडौं । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा नेपाल ग्रामीण चलचित्र महोत्सवको उद्घाटन गरिएको छ ।

बिहीबारबाट सुरु भएको महोत्सवको शुक्रबार श्री गौरीशंकर माध्यमिक विद्यालयमा रामेछाप नगरपालिकाका उपप्रमुख बालकुमारी कार्की र चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं निर्देशक दयाराम दाहालले महोत्सवको उद्घाटन गरेका हुन् ।

Dabur Nepal
NIC Asia

उपप्रमुख कार्कीले जिल्लामा एउटा पनि फिल्म हल नरहेको उल्लेख गर्दै कार्कीले फिल्म हल संचालन गर्ने भए नगरपालिकाले सकेको सहयोग गर्ने पनि बताइन् ।

महोत्सवमा चर्चित चलचित्र दिमाग खराब, नाङ्गो गाउँ, बुलाकी, बिच्छेद, सतीदेवी र डेसान निःशुल्क प्रदर्शन हुनेछन् । साथमा सर्ट फिल्म, डकुमेन्ट्री र विभिन्न भाषाभाषीका चलचित्रहरू पनि प्रदर्शन हुनेछन्  । महोत्सव शनिबार (आज)सम्म चल्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro