site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदर्शनका क्रममा फोहोर गरेपछि काठमाडौं महानगरले राप्रपालाई तोक्यो जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई जरिवाना गराउने भएको छ । विरोध प्रदर्शनका क्रममा फोहोर गरेपछि राप्रपालाई महानगरले जरिवाना तोकेर पत्र पठाएको हो ।

पत्रमा क्षतिपूर्ति र जरिवानाबापतको पाँच हजार २२२ रुपैयाँ बैंक खातामा जम्मा गरिदिन भनिएको छ । पत्रमा रकम जम्मा गर्नुपर्ने बैंकको विवरण पनि उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्यान्डमा पुगेको क्षतिको मर्मत गर्न २२२ रुपैयाँ ८१ पैसा र आन्दोलनका क्रममा जताततै फोहर गरेकोले फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३९ (१) बमोजिम पाँच हजार रुपैयाँ जरिवाना तोकिएको पत्रमा उल्लेख छ । 

राप्रपाले चैत २७ गते भृकुटीमण्डप केन्द्रित विरोध प्रदर्शन गरेको थियो ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २१:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro