
काठमाडौं । नेसनल पेमेन्ट खरिद प्रकरणमा सचिव मधुकुमार मरासिनीले सफाइ पाएका छन् ।
मरासिनी अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदा पेमेन्ट गेटवे खरिदका लागि बजेट विनियोजन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा चलाएको थियो ।
तर, विशेष अदालतले अख्तियारको दाबीलाई अस्वीकार गर्दै सचिव मरासिनीलाई सफाइ दिएको हो ।
अख्तियारले गत असोज १९ गते मरासिनीसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन प्रमुख सुनिल पौडेललाई मात्र दोषी ठहर गरेको छ । सचिव मरासिनीसहित आठजनाले सफाइ पाएका छन् ।
अख्तियारले मुद्दा दायर गरेपछि वाणिज्य सचिव रहेका मरासिनी निलम्बनमा परेका थिए ।
उक्त प्रकरणमा अख्तियारले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ भ्रष्टाचार भएको अभियोग लगाएको थियो ।