site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘डिग्री माइला’ले एक हप्तामा कति गर्‍यो कलेक्सन ?

काठमाडौं । रामबाबु गुरुङ निर्देशित नेपाली कथानक चलचित्र ‘डिग्री माइला’ले एक हप्तामा पाँच करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । दुई दिनमा तीन करोड ६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको सिनेमाले एक हप्तामा पाँच करोड ५ लाख कलेक्सन गरेको हो । 

काठमाडौं उपत्यकाभित्र दुई करोड ५० लाख र काठमाडौं बाहिर दुई करोड ५५ लाख रुपैयाँ कलेक्सन गरेको निर्माणपक्षले जनाएको छ । 

टिजर र ट्रेलर दुवैले राम्रो प्रतिक्रिया पाएपछि सिनेमाले राम्रो हाइप बनाए पनि अर्ड अफ माउथ राम्रो नहुँदा अपेक्षित कलेक्सन नगरेको हो । वितरकले दुई दिनमा पाँच करोडको हाराहारी कलेक्सन गर्ने दाबी गरेको थियो । 

दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा रहेको सिनेमामा बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।

निर्देशक गुरुङकै लेखन रहेको चलचित्रले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro