site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाको सामर्थ्य पुगेको दिन प्रादेशिक ढाँचा परिवर्तन गरेरै छाड्छौँ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले शान्तिपूर्ण विद्रोहबाटै विभिन्न क्षेत्रको सुधार गर्दै अघि बढ्ने बताएका छन् ।

बिहीबार उपनिर्वाचनलाई लक्षित गरेर आयोजित इलाम संवाद कार्यक्रममा वाग्लेले अहिलेको व्यवस्थामाथि टेकेर रगत नबगाएर शान्तिपूर्ण विद्रोहबाटै विभिन्न क्षेत्रको सुधार गर्ने बताएका हुन् ।

Dabur Nepal
NIC Asia

उनले रास्वपाको संख्या र सामर्थ्य पुगेको दिन मुलुकको प्रादेशिक ढाँचालाई परिवर्तन गरेरै छाड्ने समेत बताए ।

वाग्लेले रास्वपालाई सहअस्तित्व र पारस्पारिक सम्मानका आधारमा सबै नेपालीहरू अटाउने पार्टी बनाएको पनि बताए । सामाजिक न्यायसहितको अर्थतन्त्रमा विश्वास गर्ने पार्टी रास्वपामात्रै भएको उनको भनाइ छ ।

त्यस्तै, उनले साक्षरता र प्रतिव्यक्ति आय राम्रो भएको जिल्लामा इलाम पर्ने भए पनि अपेक्षित फड्को मार्न नसक्नुको कारण कुशासन भएको तर्क गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro