site stats
बाह्रखरी :: Baahrakhari
देश
कुन–कुन सहकारीमाथि अनुसन्धान गर्दैछ सीआईबी ? 

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पछिल्लो समय दुईवटा सहकारी संस्थामाथि अनुसन्धान तीव्र पारेको छ ।  उसले ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारी र काठमाडौंको गौशालास्थित एभोटस सहकारीको ठगी प्रकरणको अनुसन्धान तीव्र पारेको हो ।

ललितपुरको पुल्चोकस्थित सुमेरु सहकारीले करिब ३५ हजार बचतकर्ताको १० अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखाएको छ । 

सुमेरु सहकारीका अध्यक्ष भरत महर्जन हुन् । उनी हाल फरार छन् । सीआईबीले नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंबाट प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) मार्फत फेवु्रअरी २ मा ‘रेड नोटिस’ जारी गरिसकेको छ ।

तर, उनलाई पक्राउ गर्न सकेको छैन । उनी परिवारसहित बेलायतमा रहेको प्रहरीको आशंका छ । त्यस्तै, गौशालास्थित एभोटस सहकारीले पनि करोडौं ठगी गरेको उजुरी सीआईबीमा पुगेको छ ।

सीआईबीले केही दिन अघिमात्रै हाम्रो नयाँ कृषि सहकारी ठगी मुद्दामा सहकारीका अध्यक्ष लिला गुरुङसहित तीन जनालाई पक्राउ गरेको थियो । तर, २ करोड ६० लाख ३८ हजार ठगी गरेको उजुरी परेपछि पक्राउ परेका गुरुङलाई भने सीआईबीले बुधबार छोडेको छ ।

Global Ime bank

पीडितको रकम तिरेपछि सीआईबीले मुद्दा नचल्ने रायसहित प्रतिवेदन सरकारी वकिल कार्यायल पेस गरेपछि उनी छुटेका हुन् । तर, उनीविरुद्ध ललितपुरको मानभवनस्थित कल्याण उपकार सहकारी ठगी प्रकरणमा उजुरी परेपछि पुनः बुधबार साझ नै पक्राउ परेका छन् ।

सीआइबीले चालु आर्थिक वर्ष कुल सात वटा सहकारीको अनुसन्धान गर्यो । जसमध्ये २२ जनालाई पक्राउ गरेको थियो । सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले अझैँ पनि सहकारी ठगी प्रकरणको उजुरी निरन्तर आइराखेको बताए ।

सरकारले समास्याग्रस्त घोषणा गरेका थप केही सहकारीमाथि उजुरीसमेत सीआईबीमा पर्न थालेको छ ।  

यी हुन् सीआईबीले अनुसन्धान गरेका पछिल्ला सहकारी

सीआईबीले चालु आर्थिक वर्ष २०८०/०८१ मा गरेको सबैभन्दा ठूलो सहकारी ठगी ललितपुरस्थित देउराली सहकारी ठगी हो । देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंसहित तीन जना पक्राउ परेका थिए ।

देउराली सहकारीले बचतकर्ताको ६५ करोड ८२ लाख ६ हजार ८५२ रुपैयाँ अपचलन गरेको खुलेको छ । उनीहरू हाल पुर्पक्षका लागि थुनामा छन् । त्यस्तै आर्जन बहुउद्देश्यीय सहकारी संस्था, साई स्वागत सहकारी संस्था, नेशनल डेभलपमेन्ट सहकारी संस्था, साउथ वेस्टर्न स्टेट बचत सहकारी संस्था, रियल गोर्खा सहकारी संस्थाको अनुसन्धान गरेको थियो ।

देउराली सहकारीबाहेक आर्जन सहकारीले समेत ११ करोड ५५ लाख ४३ हजार ४०६ रुपैयाँ बचतकर्ताको अपचलन गरेको खुलेको छ । उक्त सहकारीका सञ्चालक समितिका ८ जना पक्राउ परेका थिए ।

नेशनल डेभलपमेन्ट सहकारीले ३३ करोड २२ लाख ५८ हजार २८३ रुपैयाँ ठगी गरेको खुलेको छ । उक्त सहकारीका २ जना सञ्चालक पक्राउ परेर थुनामा छन् । रियल गोर्खा सहकारीले आठ करोड ६९ लाख रुपैयाँ ठगी गरेको थियो ।

साई स्वागत र साउथ वेस्टर्न सहकारीले करिब तीन/तीन करोड रुपैयाँ ठगी गरेका थिए । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थप २० वटा सहकारी संस्थाहरूलाई समस्याग्रस्त घोषणा गरेको छ । २०७५ देखि २०८० चैतसम्म २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

उक्त सहकारीमार्फत कूल चार अरब २५ करोड ७४ लाख ८९ हजार ४४६ रुपैयाँ अपचलन भएको देखिएको छ ।

यी हुन् सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी

१) कुवेर बचत तथा ऋण सहकारी संस्था

२) स्टयान्डर्ड मल्टिपर्पोज को–अपरेटिभ

३) स्टान्डर्ड सेभिङ एण्ड को–अपरेटिभ

४) प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ

५) सोसाइटल बचत तथा ऋण सहकारी संस्था

६) प्रभु बचत तथा ऋण सहकारी संस्था

७) चार्टड सेभिङ एन्ड क्रेडिट को–अपरेड

८) लःनिभा बहुउद्देश्यीय सहकारी संस्था

९) ओरेन्टल को–अपरेटिभ लिमिटेड

१०) कञ्जुमर बचत तथा ऋण सहकारी संस्था

११) कोहिनुर हिल सेभिङ क्रेडिट को–अपरेड

१२) भेगास बचत तथा  ऋण सहकारी

१३) पशुपति सेभिङ एण्ड के्रडिट को–अपरेटिभ

१४) तुलसी बहुमुखी सहकारी संस्था

१५) शिवशिखर बहुमुखी सहकारी संस्था

१६) हाम्रो नयाँ कृषि सहकारी संस्था

१७) कृषि विकास सहकारी संस्था

१८) कान्तिपुर सेभिङ एण्ड को–अपरेटिभ संस्था

१९) लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्था

२०) गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu