site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लुम्बिनीमा मन्त्रिपरिषद् : एकीकृत समाजवादीकी भगवती पनि बनिन् मन्त्री 
Global Ime bank

काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा (एकीकृत समाजवादी)लाई पनि सरकारमा सहभागी गराइएको छ । मुख्यमन्त्री जोखबहादुर महराले आज बिहान गरेको मन्त्रिपरिषद् विस्तारमा एकीकृत समाजवादीलाई सहभागी गरिएको थिएन ।

बिहान विस्तारित मन्त्रिमण्डलमा लुम्बिनीमा दलहरूबीच भएको सहमतिअनुसार नेकपा (एमाले)ले पाँच, माओवादी केन्द्रले मुख्यमन्त्रीसहित थप दुई, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक/एक मन्त्रालय भागमा परेको थियो । 

जसअनुसार नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् । दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भुमिश्वर ढकाल, र रत्नबहादुर खत्री विनाविभागीय मन्त्री बनेका छन् । पछिल्लो विज्ञप्तिमा एकीकृत समाजवादीका भगवती अधिकारीलाई पनि विनाविभागीय मन्त्री बनाइएको उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu