राजनीति

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आउँदो साउन २७, २८ २९ र ३० गते महालक्ष्मी–६, ललितपुरमा बस्ने जनाइएको छ ।
बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भूराजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धका विषयमा अभिमुखीकरण गरिने बताइएको छ ।
साथै, पार्टीको आगामी वैचारिक, राजनीतिक, संगठनात्मक कार्ययोजना तथा कार्यक्रमका छलफल गरिने पार्टी अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१ १९:११
प्रतिक्रिया दिनुहोस्