site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पाण्डेको ‘संसदीय राजनीतिमा लैंगिक सहभागिता’ पुस्तक सार्वजनिक

काठमाडौं । नेकपा एमालेका नेता बिन्दा पाण्डेको पुस्तक ‘संसदीय राजनीतिमा लैंगिक  सहभागिता’ सार्वजनिक भएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा लेखक पाण्डे, कांग्रेस नेता तथा पूर्वउपसभामुख पुष्पा भुसाल, एमाले सांसद रघुजी पन्त, नेकपा माओवादी केन्द्रका सांसद रेणु चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पुस्तक सार्वजनिक गरे ।

पुस्तक सार्वजनिक गर्दै वक्ताहरूले राज्यका सबै निकायमा समावेशी सिद्धान्तका आधारमा समानुपातिक सहभागिताको हक हुने उल्लेख भए पनि यसको कार्यान्वयनको पक्ष झन् खस्किएको टिप्पणी गरेका छन् । संसदीय राजनीतिमा लैंगिक सहभागिता पुस्तकमाथि समीक्षा गर्दै कांग्रेस नेता भुसालले हालको संवैधानिक व्यवस्था प्र्राप्तिका लागि आफूहरूले धेरै लडेको तर कार्यान्वयनमा नतिजा नदेखिएको बताइन् ।

"संसदीय अभ्यास र संसदीय प्रक्रियामा अपनाउनुपर्ने सम्पूर्ण जानकारी, लैंगिताको सवाल र तथ्यांकहरूसमेत भएकाले यो पुस्तक एउटा ऐतिहासिक दस्ताबेज भएको छ," उनले भनिन् "यसलाई संसद्को पाठ्यक्रमै रूपमा प्रस्तुत गर्न सकिन्छ ।"

नेकपा एमालेका नेता पन्तले नेपालमा मात्रै नभएर लैंगिक समानताको विषय विश्वभरि नै उत्तिकै पेचिलो रहेको बताए । लैंगिक सहभागिताको सवालमा नेपालको संसद् र यसका लागि बनेका कानुनहरू उदार नै रहेको बताउँदै उनले कार्यान्वयनको पक्षमा भने अझै दबाब दिनुपर्ने धारणा व्यक्त गरे ।

यसैगरी माओवादी केन्द्रका सांसद चन्दले २०६४ को संविधानसभामा देखिएको महिला सहभागिता र हालको संसदमा रहेको महिला सहभागिताको तुलना गर्दा कमजोर अवस्थामा रहनु चिन्ताको विषय रहेको धारणा राखिन् ।

लेखक पाण्डेले महिला आन्दोलनकै सिलसिला स्वरूप यो पुस्तक प्रकाशनमा ल्याएको बताइन् । आफू पहिलो संविधानसभामा रहेर महिला सहभागिताका लागि काम गर्दै गर्दा आफ्नै पार्टी र पार्टीका सांसदहरूसँगको लडाइँ सम्झिँदै उनले यस्तो परिस्थिति अझै अन्त्य हुन नसक्नु दुःखद भएको बताइन् ।

पुस्तकमा नेपालको संसदीय राजनीति र महिला सहभागिता, संविधानसभा गठनदेखि संविधान घोषणासम्मका सम्पूर्ण प्रक्रिया र काम तथा संघीय लोकतान्त्रिक गणतन्त्र र निर्वाचनजस्ता विषयमा गहिरो गरी लेखिएको छ । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २१:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro