site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनमा आँधीबेहरीको खतरा
फाइल तस्बिर ।

बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका लागि चेतावनी जारी गरेको छ । देशका केही भागहरूमा भारी वर्षा हुने अनुमानका आधारमा ‘निलो’ चेतावनी जारी गरिएको हो ।

बिहीबार दिउँसोदेखि शुक्रबार दिउँसोसम्म गुइझोउ, हुनान, जियाङ्सी, फुजियान, गुआङ्सी, गुआङ्डोङ, निङ्जिया र सानक्सीका केही भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । मौसम विज्ञान केन्द्रका अनुसार यी क्षेत्रका केही भागहरूमा आँधीबेहरीका  साथ अधिकतम  समय ५० मिलिमिटर भन्दा बढी वर्षा हुने अनुमान गरिएको छ ।

Dabur Nepal
NIC Asia

स्थानीय सरकारहरूलाई उचित तयारी गर्न र तदनुसार आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरिएको छ । विद्यालय र किन्डरगार्टेनलाई विद्यार्थी र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न भनिएको छ । यसैगरी सम्भावित सडक जलमग्नका कारण र ट्राफिक जाम हुन सक्ने हुँदा चालकहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ ।

चीनमा चार वाट स्तरका रङ–कोडित मौसम चेतावनी प्रणाली प्रयोग गरिन्छ, जसमा रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ भने त्यसपछि सुन्तला, पहेँलो र निलो रङको चेतावनी क्रमशः जारी हुन्छ । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro