site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले चीनको स्टील र आल्मुनियम आयातमा ३ गुणा कर बढाउँदै

वाशिङ्गटन । अमेरिकी राष्ट्रपति जोन वाइडेनले चीनबाट आउने केही स्टिल र आल्मुनियममा तीन गुणासम्म कर बढाउने जनाएका छन् । 

आगामी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पका विरुद्धमा अभियान चलाई रहेका वाइडेनले चीनसँगको व्यापारमा यसखालको कडा नीति अवलम्बन गर्न खोजेका हुन् । 

ह्वाइट हाउसका अनुसार अमेरिकी रोजगारीलाई अस्वस्थ प्रतिस्पर्धाबाट जोगाउन यो प्रस्ताव आएको हो ।  चीनले यसअघि स्टील र आल्मुनियम विदेशमा डम्पीङ्ग गर्न अस्वीकार गरेको थियो । अमेरिकी स्टील उत्पादक कम्पनीहरुका अनुसार चिनियाँ स्टील निकै सस्तो भएकोले अमेरिकी कम्पनीहरुलाई निकै नकारात्मक असर गरिरहेको छ । 

चिनियाँ आयातले गर्दा अमेरिकामा करिब दशौं हजार स्टील वर्करको रोजगारी सन् २००० दशकको  शुरुमा गुमेको थियो । अमेरिकास्थित चिनियाँ दूतावासले भने अमेरिकी राष्ट्रपतिको सो प्रस्तावमा असहमति जनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu