site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा हसिना रुँदा जनताले भने– गोहीको आँसु

ढाका । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद एउटा रेल स्टेसनमा आरक्षणविरोधी आन्दोलनका क्रममा भएको क्षतिलाई लिएर रोएकी छन् । उक्त प्रदर्शनका क्रममा कम्तिमा १५० जनाको मृत्यु भएको थियो । प्रधानमन्त्री हसिना विद्यार्थी मारिँदा उनीहरूका परिवारलाई सहानुभूति दिन भने गएकी थिइनन् ।

तर, उनी बिहीबार मिरपुरको मेट्रो रेल स्टेसनमा गएर टिकट भेन्डिङ मेसिन र सिग्नलिङ कन्ट्रोल स्टेसनमा भएको क्षतिलाई लिएर टिस्युले आँखा पुछ्दै गरेको तस्बिर सार्वजनिक भएको थियो ।

Dabur Nepal
NIC Asia

उक्त दृश्य देखेर सर्वसाधारणले भने ‘गोहीको आँसु’  भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । एकजनाले एक्समा लेखेका छन्, “हामीले सयौं विद्यार्थी गुमायौँ । तर, प्रधानमन्त्रीलाई मेट्रोमा गएर रुन समय छ । कहिल्यै नफर्किने गरी गएका जनताका आफन्तकोमा जान उनलाई समय छैन ।” 

बंगलादेशको सर्वोच्च अदालतले तल्लो अदालतको फैसला उल्ट्याएर आरक्षण खारेज गरिसके पनि विद्यार्थी नेताहरूले मृत्यु भएका प्रदर्शनकारीलाई न्याय र गिरफतार गरिएकाहरूकोे पक्षमा आन्दोलन जारी रहने माग गरिरहेका छन् । उनीहरूले सरकारका मन्त्रीहरूले राजीनामा दिनुपर्ने र प्रधानमन्त्री हसिनाले माफी माग्नुपर्ने माग समेत गरिरहेका छन् । बीबीसी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro