site stats
बाह्रखरी :: Baahrakhari
विदेश
यूएईमा ७५ वर्षपछि वर्षाले ल्याएको सन्नाटा

दुबई । युनाइटेड अरब इमिरेट्समा ७५ वर्षपछि आएको सबैभन्दा ठूलो वर्षाले सन्नाटा छाएको छ ।  कतिपय स्थानमा २५० मिलिमिटर सम्मको वर्षा करिब २४ घण्टा सम्म महसुस गरिएको स्टेट मिडिया अफिसले बुधबार जारी गरेको वक्तव्यमा उल्लेख छ । 

सो वर्षाले सडकमा बाढी आउनुका साथै रुख ढल्ने र  भवनका छाना समेत फाटेका थिए ।  सन् १९४९ पछि मध्यपूर्वको यो देशमा वर्षाका कारण यस्तो हबिगत विगतमा कहिल्यै पनि देखिएको थिएन । 

मंगलबार करिब १२ घण्टाको अवधिमा १ सय मिलिमिटर सम्मको वर्षा निरन्तर भएको थियो ।  वर्षा यति चाँडो र यति व्यापक रुपमा आयो कि गाडीमा चढीरहेकाहरु गाडी छोडेर कुदेका थिए । 

किनकि बाटोमा बाढी आइसकेको थियो । जलवायु परिवर्तनका कारण पछिल्लो समयमा यसखालको वर्षालाई स्वाभाविक रुपमा नै लिने गरिएको छ । विश्वकै दोस्रो सबैभन्दा व्यस्त मानिने दुबई एयरपोर्ट बुधबार समेत आंशिक रुपमा अवरुद्ध भएको थियो । अधिकांश बिमान कम्पनीले त्यहाँका उडान रोकेका थिए ।

Global Ime bank

अर्को खाडी देश ओमानमा आएको बाढीमा १८ मानिस मारिएका छन् । (सीएनएन)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu