site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीमा संसद् आह्वानप्रति असहमति जनाउँदै कांग्रेसले दियो चेतावनी
सदीय दलका नेता सुरेन्द्रराज पाण्डे । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकीमा नेपाली कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेशसभा बैठक आह्वान गरिएकोप्रति आपत्ति जनाएको छ । बुधबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले एक विज्ञप्तिमार्फत प्रदेश प्रमुखको कदम गैरजिम्मेवार रहेको बताएका छन् ।

“सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेसीसमेतलाई बेवास्ता गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्तिहरू गर्नु तथा वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्नु र माननीय प्रदेश प्रमुखले बैठक आह्वान गर्नु अर्को गैरजिम्मेवार कदम हो,” उनले भनेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गण्डकी प्रदेशमा सभाभुख समेतको संलग्नतामा गत चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । उक्त कदमलाई असंवैधानिक भन्दै कांग्रेस २७ गते सर्वोच्च अदालत गएको थियो ।

सर्वोच्चले चैत २८ गते हालको सरकारलाई मुद्दाको टुंगो नलाग्दासम्म प्रदेश सरकारका नियमित कार्य सञ्चालनबाहेक कुनै पनि दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न भनेर अन्तरिम आदेश जारी गरेको छ ।

Global Ime bank

उक्त मुद्दालाई अग्राधिकार दिएर सर्वोच्चले वैशाख १० गतेका लागि पेसी तोकेको छ ।

कांग्रेसले अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गरेर गरिएका 'असंवैधानिक क्रियाकलाप'प्रति असहमति रहेको जनाएको छ । उसले यसबाट प्रदेशसभामा द्वन्द्वको वातावरण सिर्जना हुने र यसको जिम्मेवार सम्बन्धित पक्ष हुने चेतावनी दिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

c-1713350246.png
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC