site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पछिल्लो १८ दिनमा आगलागी र डढेलोले लियो १५ जनाको ज्यान

काठमाडौं । पछिल्लो १८ दिनमा देशभर आगलागी र वन डढेलोका घटनामा परी १५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ वैशाख १ गतेदेखि १८ गते (आज) यो समाचार तयार पारुन्जेलसम्म आगलागी र वन डढेलोमा परी १५ जनाको मृत्यु भएको हो ।

यस अवधिमा आगलागीका घटनामा परी १२ जना र वन डढेलोका घटनामा परी तीन जनाको मृत्यु भएको छ । 

ललितपुरको गोदावरीस्थित बडिखेल वनमा डढेलो निभाउने क्रममा मंगलबारमात्र घाइते भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको छ । डढेलोमा जलेर स्थानीय शंकर पहारीको मृत्यु भएको हो ।

Dabur Nepal
NIC Asia

जलेर गम्भीर घाइते भएका उनलाई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं एसएसपी शेखर खनालले जानकारी दिए ।

सोही डढेलो निभाउने क्रममा जलेर अरू दुईजना घाइते छन् । कीर्तिपुर बर्न अस्पतालमै एकजनाको उपचार जारी छ । राष्ट्रिय ट्रमा सेन्टरमा अर्का एक घाइतेको उपचार भइरहेको गोदावरी नगरपालिकाले जनाएको छ ।

गोदावरीकै लेले क्षेत्रको आनन्द वनमा डढेलो लाग्दा आनन्द वन अस्पताल जोखिममा परेको छ । अस्पतालमा उपचाररत करिब ९० बिरामीलाई बज्रबाराही प्राथमिक स्वास्थ्य सेवा केन्द्र र अरू स्वास्थ्य चौकीहरूमा सारिएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।

पछिल्लो १८ दिनमा आगलागी र वन डढेलको घटनामा परी देशभर ५८ जना घाइते भएका छन् । आगलागीका घटनामा परी ४८ जना र वन डढेलोका घटनामा परी १० जना घाइते भएका हुन् । 

गत वर्ष २०८० मा वन डढेलो र आगलागीका घटनामा परी देशभर ११७ जनाको मृत्यु भएको थियो । यीमध्ये आगलागीमा परी १०६ जना र वन डढेलोका घटनामा परी ११ जनाको मृत्यु भएको थियो ।

गत वर्ष वन डढेलो र आगलागीका घटनाबाट साढे दुई अर्बभन्दा बढीको आर्थिक क्षति भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro