site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहन्छ : प्रधानमन्त्री 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने बताएका छन् ।मंगलबार नेपाल उद्योग परिसंघको २१औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले सञ्चारमाध्यममा यदाकदा हुने सरकार परिवर्तनका टिप्पणीहरूलाई गम्भीरतापूर्वक लिन जरुरी नरहेको बताए । 

सरकार परिवर्तन हुने तनाव उद्योगी व्यवसायीहरूले लिन आवश्यक नरहेको बताए । प्रधानमन्त्री रहँदासम्म मन्त्रीमण्डल पुनःगठन हुने कुरालाई अस्थिरताको रुपमा बुझ्न नहुने पनि बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्रीले भने, "राजनीतिक अस्थिरता फेरि केही हुन्छ की जस्तो देखिँदैछ भन्नेकुरा गर्नुभयो । म के विश्वास दिलाउन चाहन्छु भने यो नेपालमा सिंगै अवधिभर अर्को चुनाव नहुँदासम्म सरकार चलिराख्छ । त्यसमा तपाईंहरुले कुनै तनाव लिनुपर्ने आवश्यकता छैन । मिडियाहरुमा यदाकदा चल्ने छलफललाई तपाईंहरुले यति गम्भीरतापूर्वक लिन जरुरी छैन । १५ महिनामा मैले तीन पटक विश्वासको मत त लिएँ । तर प्रधानमन्त्री म नै छु । हाम्रो प्रणाली प्रधानमन्त्रीय सिस्टम हो, प्रधानमन्त्री रहँदासम्म मन्त्रीमण्डल पुनःगठन हुने कुरालाई अस्थिरताको रुपमा बुझ्न हुँदैन । सरकार कन्टिन्यु हुन्छ, केही हुन्छ की भन्ने दिमागबाट हटाउँदा हुन्छ ।"

सरकारले उद्योगी, व्यवसायीहरुको सुझावलाई गम्भीरताका साथ लिएको पनि बताए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC