site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा अध्यक्षको गुनासो– प्रधानमन्त्रीसँग नाम जोडिँदा वाक्कदिक्क भइसकेँ 

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफ्नै बलबुताको भरमा अघि बढ्दै आएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण आफूले राष्ट्रियसभाको अध्यक्षको जिम्मेवारी पाएको टिप्पणीलाई लिएर उनले अहिलेसम्म सबै आफ्नै बलबुताले गरेको दाबी गरेका हुन् । 

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री प्रचण्ड र आफूले २०२७ सालमा एकैदिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति सुरू गरेको बताए । प्रधानमन्त्री प्रचण्डलाई आफूले कुनै पनि राजनीतिक गतिविधिमा नछाडेको भए पनि उनको निगाहमा आफूलाई राष्ट्रियसभा अध्यक्ष नबनाएको दाहालको दाबी छ । तर, प्रधानमन्त्री प्रचण्डको निगाहमा आफूलाई अध्यक्ष बनाइएको टिप्पणीले भने वाक्क भएको उनको गुनासो छ ।

“म त्यो विषयमा धेरै बोल्ने मनस्थितिमा छैन । २०२७ सालमा एकै दिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति सुुरू गरेको प्रधानमन्त्री र म । मैले अहिलेसम्म जे जति गरेको छु, आफ्नै बलबुताले गरेको छु । अब पार्टीको नेता उहाँ हो । उहाँले स्वीकृत नगरी म मात्रै होइन, कसैले पनि कुनै जिम्मेवारी पाउँदैन । मैले राम्रो कति गर्छु त्यो मेरो खुबीको कुरा भयो । तर, नराम्रोचाहिँ गर्दिनँ भनेर प्रतिवद्धता व्यक्त गर्दछु,” उनले भने । 

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष दाहाल दाजुभाइ हुन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro