
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री रवीन्द्र प्रताप शाहले अन्दोलनका क्रममा मृत्यु भएका ठाकुरप्रसाद डाँगीलाई सरकारले सहिद घोषणा नगरे राप्रपाले कडा सडक अन्दोलन गर्ने चेतावनी दिएका छन् । रफत सञ्चार क्लबमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा शाहले मृतकलाई सहिद घोषणा नगरे सरकारले चर्को मूल्य चुकाउनुपर्ने बताए ।
शान्तिपूर्ण रूपमा अन्दोलनमा गरेको दमन नेपालकै इतिहासमा अक्षम्य रहेको उनकाे भनाइ छ ।
वैशाख १६ र १७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थप अन्दोलनको घोषणा गर्ने उनले जानकारी दिए । गणतन्त्र असफल भइसकेको भन्दै उनले राष्ट्रपतिको स्थानमा राजा नभएसम्म राजसंस्था स्थापना गर्ने राप्रपाको मूल एजेन्डा भएको बताए ।