site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलले अमेरिकाको कुरा सुन्छ वा इरानमाथि जाइलाग्छ ? 

एजेन्सी । पश्चिम एसियामा इजरायल र प्यालेस्टिन चरमपन्थी समूह हमासबीचको युद्ध जारी रहेकै बेला अर्को युद्धको संघारमा पुगेको छ । 

इरान र इजरायल आमनेसामने भएका छन् । इरानले आइतबार बिहान इजरायलमाथि ड्रोन र क्रुज मिसाइल प्रहार गरेपछि पश्चिम एसिया भयंकर युद्धको सङ्घारमा पुगेको हो ।

यसअघि इरान र इजरायलले एकअर्काले धम्की दिँदै आएका थिए ।  अझ बढी उनीहरू ‘प्रोक्सी वार’ मा थिए । तर यसपटक इतिहासमै पहिलो पटक इरानले इजरायलको भूमिमा सीधै आक्रमण गरेको छ ।  यही अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी वाणिज्य दूतावासमा हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको थियो । उक्त आक्रमणमा इरानका उच्च सैनिक अधिकृत मारिउका थिए । 

वाणिज्य दूतावासमा आक्रमण भएपछि इरानले इजरायललाई उचित जवाफ दिने चेतावनी दिएको थियो । नभन्दै आइतबार बिहान इरानले सीधै इजरायलीमा भूमिमा आक्रमण गर्‍यो । यसले अब युद्धले कुन रुप लिने हो अनुमान गर्न नसकिने अवस्थामा पुर्‍याएको छ । 

इजरायली सेनाले इरानले आइतबार इजरायलमा तीन सयभन्दा बढी ड्रोन र मिसाइलहरू प्रहार गरेको दाबी गरेको छ । इरानदेखि इजरायलको सबैभन्दा छोटो दूरी इराक, सिरिया र जोर्डन हुँदै करिब एक हजार किलोमिटर (६२० माइल) छ । 

Global Ime bank

इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले इरानले प्रहार गरेका ९९ प्रतिशत क्रुज मिसाइल र ड्रोनलाई निस्क्रिय बनाइएको दाबी गरेका छन् ।  हगारीका अनुसार १७० ड्रोन र ३० वटा क्रुज मिसाइल इजरायली क्षेत्रमा प्रवेश गर्न सकेनन् । 

११० वटा ब्यालिस्टिक मिसाइल इजरायली क्षेत्रमा प्रवेश गरे पनि त्यसलाई ‘आइरन डोम’ मार्फत निस्क्रिय बनाइएको दाबी उनको छ । “दर्जनौं जमनिबाट जमिनमा क्षेप्यास्त्रहरू प्रक्षेपण गरिएको सूचना प्राप्त भएको छ । जसमध्ये अधिकांशलाई इजरायली क्षेत्रमा प्रवेश गर्नु अघि रोकिएको थियो,” इजरायली सेनाले आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

इरानले आइतबारको आक्रमण आफ्नो बाणिज्य दूतावासमाथि गरिएको आक्रमणको बदलास्वरुप गरिएको जनाएको छ । 

इरानले आइतबारको आक्रमणलाई आफ्नो देशको प्रतिरक्षा स्वरुप गरेको दाबी गरेको छ ।  इरानी राष्ट्रपति इब्राहिम रायसीले पनि इरानी राष्ट्रको हित विरुद्धको कुनै पनि नयाँ आक्रमणलाई कडा जवाफ दिने दाबी गरेका छन् । 

त्यतिमात्र होइन इरानले पश्चिम एसियामा रहेका अमेरिकी वेशबाट आफ्नो भूमिमा आक्रमण भए ती अमेरिकी वेशमा पनि आक्रमण गर्ने चेतावनी दिएको छ । इरान र इजरायलबीच दशकौंदेखि तनाव रहे पनि अहिलेको जस्तो अवस्थामा यसअघि पुगेका थिएनन् । 

इरानले प्यालेस्टिन चरमपन्थी समूह हमास र लेबनानमा रहेको हजबुल्लाह मार्फत इजरायलमाथि विभिन्न प्रकारका आक्रमण गर्दै आएको थियो । इजरायलले पनि हमास र हजबुल्लाह माथि आक्रमण गर्दै आएको थियो ।

तर यही अप्रिल १ मा इजरायलले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा आक्रमण गरेपछि भने इरान र इजरायल प्रत्यक्ष रुपमा आमनेसामने भएका छन् । इरानले आक्रमण गरेपछि अमेरिका, बेलायत, प्रान्स लगायतका पश्चिमी राष्ट्रहरु इजरायलको पक्षमा उभिएका छन् । 

रूस, चीनलगायतका देशले भने दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । खाडी राष्ट्रहरुले पनि आफ्नो देशमा रहेका अमेरिकी बेशबाट इरानमा आक्रमण गर्न नदिने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले स्रोतलाई उद्वृत गर्दै लेखेका छन् । 

यसपटक खाडी राष्ट्रले इरानलाई मौन समर्थन गर्ने जस्तो देखिएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेलने इजरायलको सुरक्षा गर्न अमेरिकाले सघाउने प्रतिबद्धता जनाएका छन् । राष्ट्रपति बाइडेनले इरानविरुद्धको कुनै पनि इजरायली आक्रमणमा अमेरिका सामेल नहुने बताएका छन् । 

बाइडेनले इजरायलका प्रधानमन्त्रीलाई पनि इरानमाथि आक्रामक नहुन सुझाव दिएका छन् ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो सबैभन्दा ठूलो सहयोगी अमेरिकाको सुझाव सुन्लान् त ?  इजरायली रक्षामन्त्री योभ गालान्टले इजरायलको सुरक्षा क्षेत्रका लागि वरिष्ठ अधिकारीहरूसँग सम्पूर्ण अवस्थाको मूल्याङ्कन गरिएको बताएका छन् । 

योभ गालान्टले भने, “अमेरिका र अन्य सहयोगीहरूसँग मिलेर हामीले इजरायलको भूभाग सुरक्षित गर्न सफल भएका छौं । इरानको आक्रमणबाट सामान्य क्षति मात्र भएको छ ।” 

इजरायली रक्षामन्त्रीले इरानसँगको मुद्दा अझै नसकिएको बताएका छन् । उनले इरानलाई छिट्टै कडा जवाफ दिने चेतावनी उनले दिएका छन् ।  उनको यो चेतावनीले इजरायलले अमेरिकी सुझाव नमान्ने र तनाव झन् बढाउने देखिन्छ । 

इजरायलले जवाफमा इरानमाथि आक्रमण गरे यसले ठूलो युद्धको रुप लिने र यसले पुरै पश्चिम एसियालाई मात्र नभई विश्वलाई असर गर्ने दाबी विष्लेषकहरूको छ ।  इजरायलका पूर्वप्रधानमन्त्री एहुद बाराकले इजरायलले युद्ध जितिरहेको दाबी गरेका छन् । 

नेतान्याहूले अर्को कुनै पनि कारबाही अघि इजरायल अझै गाजामा फसेको, हमाससँग इजरायली बन्धक रहेको र लेबनान–इजरायल सीमा अत्यधिक अस्थिर रहेकोमा विचार गर्नुपर्ने बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu