site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नयाँ समीकरणका लागि अहिले कुनै छलफल हुँदैन : एमाले 

काठमाडौं । नेकपा (एमालेले) सरकार परिवर्तनका विषयमा अहिले कुनै छलफल नहुने जनाएको छ ।

नेपाली कांग्रेसका नेताहरूले एमाले र कांग्रेस मिल्ने जिकिर गर्दै आएका छन् ।

Argakhachi Cement Island Ad

तर, एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यसअघिको गठबन्धनले प्रतिपक्षलाई गरेजस्तो निषेधको पक्षमा आफूहरू नरहेको बताए । प्रतिपक्षीसँग बाह्य सम्बन्ध, राष्ट्रिय सुरक्षालगायतका विषयमा खुलस्त छलफल हुने उनको भनाइ छ ।

“प्रतिपक्षसँग खासगरी मुलुकको बाह्य सम्बन्धमा, राष्ट्रिय सुरक्षाका मामलामा, संक्रमणकालीन न्यायको टुंग्याउने, संघीयतालाई कार्यान्वयन गर्न कहीँकतै गाँठो फुकाउनुपर्नेछ भने त्यो विषयमा खुला खुलस्त कुरा गर्छौं,” सचिवालय बैठकको निर्णय सुनाउने क्रममा सञ्चारकर्मीसँग उनले भने । 

उनले कांग्रेसका नेताहरूले सन्देश दिएको भए पनि सरकार परिवर्तनबाहेकका कुरामा छलफल हुने बताए ।

“नेकपा (एमाले)को तर्फबाट अहिले सरकार परिवर्तन, नयाँ समीकरण निर्माणको निम्ति कुनै छलफल हुँदैन । त्यो उहाँहरूले दिएको सन्देश हो,” ज्ञवालीले भने, “हामी अरू एजेन्डामा खुलेर कुरा गर्छौं । देश अघि बढाउने कुरामा सत्तापक्ष र प्रतिपक्षको भूमिका हुन्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्