site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
१५ महिनामा १५ पटक फेरबदल मन्त्रिपरिषद्, ‘उथलपुथल’ कहिलेसम्म ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई बाहिर पठाउँदै एमालेलाई भित्र्याउँदै गर्दा आफ्नै निम्ति ‘क्वाइन’ गरेको शब्द हो, ‘उथलपुथल’ ।

उनले कार्यभार व्यवहार मूल्यांकन गर्दै आफैले आफूमाथि प्रयोग गरेको शब्द हो । अनि अझ जनमत पार्टीका अध्यक्ष सीके राउतले उनकै शब्द सापटी लिँदै सदनमै ‘मिस्टर उथलपुथल’को संज्ञा दिए ।

उनको १५ महिने कार्यकालमा जसरी मन्त्रिपरिषद्मा पुनर्गठन र हेरफेर भइरहेको छ, वास्तवमै उनी शासकीय ‘उथलपुथल’कर्ता हुन् । 

ठूला दुई दललाई पछि लगाउँदै तेस्रो दलका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भइरहनु पनि ‘उथलपुथल’कै कारण हो । प्रचण्डले फागुनको अन्त्यतिर संसद्मै भनेका थिए, “म नमर्दासम्म उथलपुथल भइरहन्छ ।”

हो, कुनै पनि बेला उनै प्रचण्ड भन्थे, “भद्रगोल बनाउँदै गोल हान्नुपर्छ ।” पार्टी र आफ्नो हितका ‘क्रमभंग’ गर्नुपर्छ भन्ने पनि उनै हुन् । त्यसकारण, प्रचण्डको क्रमभंग उथलपुथल, भद्रगोलमा मन्त्रिपरिषद् मात्र होइन कि देश निरन्तर पर्ने निश्चित रहेको बितेको एक वर्षले देखाउँछ ।

Global Ime bank

उथलपुथल सुरुआत

स्थिरता र सुशासनको नारासहित सत्ता गठबन्धन बनाउँदै ०७९ मंसिरमा चुनावमा गएका दलहरू चुनावपछि सरकार नबनाउँदै विभाजित भए । निर्वाचनबाट ८९ सिटसहित पहिलो बनेको कांग्रेस र ३२ सिटसहित तेस्रो बनेको माओवादी केन्द्रबीच ‘कुरा’ नमिल्दा जनादेशविपरीत सरकार बन्न पुग्यो ।

चुनावबाट पहिलो भएको कांग्रेसले नागरिक ‘म्यान्डेट’अनुरुप पहिलो पार्टीको नेतृत्वमा सरकार गठनको प्रस्ताव राख्यो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपूर्वको समझदारी पालनामा अडान राखे । ‘कुरा नमिले पनि’ उनी बालुवाटारबाट खाना खान निस्कन्छु भनि बालकोट पुगे । 

पुस १० गते मध्यान्हपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका प्रचण्डलाई एमालेले त्यतै समर्थन दियो । रास्वपा, राप्रपा, जसपासँगै जनमतले पनि बालकोट पुगेर प्रचण्डलाई समर्थन दिएपछि प्रचण्ड त्यसै दिन प्रधानमन्त्री नियुक्त भएका थिए । बालकोटबाट शीतल निवासमा प्रधानमन्त्री सपथ खान पुगे ।

उनले त्यसरी केही घण्टामै बनाएको गठबन्धन फागुन १६ मा टुटिसकेको थियो । त्यसरी गठबन्धन बदल्ने, तर आफैँ प्रधानमन्त्री बन्ने क्रममा लागेका प्रचण्डले करिब साढे तीन महिनामा २०७९ सालभित्रै पाँचपटक मन्त्रिपरिषद् हेरफेर गरेका थिए । 

२०८० सुरु भएपछि उनले मन्त्रिपरिषद् फेरेको मात्र नौपटक भएको छ । १५ महिनामा १४ पटक मन्त्रिपरिषद् हेरफेर, यही श्रृंखला यही दरमा कायम रहे संसदको ५ वर्षे कार्यकाल पूरा हुँदा ६४ पटक हेरफेर हुनेछ । 

कहिले–कहिले भयो मन्त्रिपरिषद् पुनर्गठन ?

प्रधानमन्त्री प्रचण्डले २०८० को सुरुआत अर्थात् वैशाख–३ आफ्नो भारत भ्रमणअघि परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गरे । प्रचण्डले उनीसँगै एकीकृत समाजवादीकी नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त गरेका थिए । 


२०८० वैशाख २१ मा धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री नियुक्त भए । प्रधानमन्त्री प्रचण्डले ०८० वैशाख २४ मा सुरेन्द्रराज आचार्य महिला बालबालिका तथा समाज कल्याणमन्त्री र महेन्द्र राय यादवलाई खानेपानी मन्त्रीमा नियुक्त गरेका थिए ।

२०८० जेठ ९ गते वीरेन्द्र महतो वन तथा वातावरण मन्त्री बनाएका प्रधानमन्त्री प्रचण्डले जसपाकै प्रमिला कुमारीलाई  शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले २०८० साउन २९ जनमत पार्टीलाई सरकारमा फर्काउँदै अनिता देवीलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाए । त्यसपछि २०८० फागुन २१ मा कांग्रेससँग बनाएको गठबन्धन तोड्दै एमालेसहितको गठबन्धनका मन्त्रीहरूलाई लिएर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
 
आफ्नै पार्टीका हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका  डोलप्रसाद अर्याललाई विना विभागीय मन्त्री बनाउँदै प्रचण्डले फागुन २३ गते विनाविभागीयलाई विभागीय जिम्मेवारीसहित २० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

२०८० फागुन २७ गते जसपाका दुई मन्त्री थपेर २२ सदस्यीय मन्त्रिपरिषद् बनाए । उनले अन्तिमपटक चैत १२ गते दिपककुमार कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद् २३ सदस्यीय बनाएका थिए ।
 
अझै दुई मन्त्री नियुक्ति गर्ने ठाउँ खाली राखिएको छ । नेपालको संविधानले मन्त्रिपरिषद् अधिकतम २५ सदस्यीय हुने व्यवस्था गरेको छ । 

साढे तीन महिनामै भएको थियो सातपटक हेरफेर 

२०७९ पुस १० मा एमाले, रास्वपा, राप्रपासहितको समर्थनमा प्रचण्डले चार महिना नहुँदै सातपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । २०७९ पुस ११ गते प्रधनमन्त्रीको सपथ खाएसँगै अन्य सात मन्त्रीलाई सपथ खुवाइएको थियो । प्रधानमन्त्री प्रचण्डले ०७९ माघ ३ मा मन्त्रीपरिषदलाई पूर्णता दिएका थिए ।

माघ ३ मा पूर्णता पाएको उनको सरकारका गृहमन्त्री रवि लामिछानेले पहिले छोडेको नेपाली नागरिकता नै अध्यावधिक नभएको पुष्टी भएपछि माघ १३ मा गृहमन्त्री खाली भएको थियो । त्यसबेला गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैसँग राखेका थिए । 

रवि लामिछानेलाई संसद् बाहिरबाट पुरानै मन्त्रालय दिने प्रस्ताव अस्वीकृत भएपछि फागुन ११ मा रास्वपाका मन्त्रीहरु शिशिर खनाल र डोलप्रसाद अर्यालले पनि राजीनामा दिए । उनीहरूले  राजीनामा दिएसँगै रास्वपा सरकारबाट बाहिरियो ।

रास्वपा सरकारबाट बाहिसरएसँगै पुरानै सत्ता गठबन्धन बिउँताउने प्रयास देखिने गरी राजनीतिक गतिविधि अघि बढेको थियो । नयाँ सत्ता गठबन्धन निर्माणको अभ्यास सुरु भएपछि तीन मन्त्री र एक राज्यमन्त्रीको राजीनासहित फागुन १४ मा राप्रपा पनि सरकारबाट बाहिरियो ।

त्यसैक्रममा प्रधानमन्त्री प्रचण्डले एमालेबाट परराष्ट्रमन्त्री बनेकी विमला राई पौड्यालको विदेश भ्रमण रद्द गरे । त्यसपछि रुष्ट बनेको एमाले पनि सरकारबाट बाहिरियो । फागुन १६ मा एमालेका आठ मन्त्रीले राजीनामा दिँदै सरकारबाट बाहिरिए । 

एमालेसहितको गठबन्धन राष्ट्रपतिको निर्वाचनमा आइपुग्दा तोडिन पुगेको थियो । माओवादीसहितको समर्थनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि ०७९ चैतमा १७ मा प्रधानमन्त्री प्रचण्डले  कांग्रेसका मन्त्रीहरूलाई सपथ खुवाउँदै मन्त्रिपरिषद् हेरफेर गरेर नयाँ सत्ता समीकरण बनाए । 

२०७९ चैत १७ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएको भनी खानेपानी मन्त्री रहेका जनमतका सांसद अब्दुल खानको राजीनामा दिलाउँदै जनमत सरकारबाट बाहिरिएको थियो । 

र अन्ततः कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपालाई सरकारमा सहभागी गराउँदै नयाँ गठबन्धन बनाए । प्रधानमन्त्री प्रचण्डले २०८० फागुन २१ मा कांग्रेससँग बनाएको गठबन्धन तोड्दै एमालेसहितको गठबन्धनका मन्त्रीहरूलाई लिएर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu