site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिनिधिसभा बैठकमा यी हुन् १० दिनभन्दा बढी अनुपस्थित सांसद
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय संसद्को तेस्रो अधिवेशन आइतबार मध्यरातिबाट अन्त्य हुँदै छ । आइतबार नै बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसद्को तेस्रो अधिवेशन आइतबार मध्यराति १२ बजेबाट अन्त्य हुने राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरेर जानकारी गराए ।

गएको माघ २२ गतेदेखि सुरु प्रतिनिधिसभाको तेस्रो अधिवेशन ७० दिन चालु रह्यो । यो अवधिमा १० दिनभन्दा बढी बैठकमा अनुपस्थित सांसदको ‘लिस्ट’मा तीनजना परेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

वसन्तकुमार नेम्वाङ, मनोरमा शेरचन र सोनु मुर्मु १० दिनभन्दा बढी अनुपस्थित रहे । संघीय संसद् सचिवालयका अनुसार, नेम्वाङ ब्रेन स्टोक भई उपचाररत रहेकाले १२ दिन बैठकमा अनुस्थित रहेका हुन् । उनी माघ १७ देखि वैशाख २ गतेसम्म बसेको १२ बैठकमा अनुपस्थित भए ।

यस्तै, मनोरमा शेरचन थेरापी गर्नुपर्ने भएकाले फागुन २९ देखि वैशाख २ गतेसम्मका १३ बैठकमा अनुपस्थित भएको संसद् सचिवालयले जनाएको छ ।

Global Ime bank

सोनु मुर्मु आमा र पतिको उपचारका निम्ति भारत जानुपर्ने भएकाले फागुन १४ देखि चैत ७ गतेसम्मका १० बैठकमा अनुपस्थित रहेको संसद् सचिवालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement