site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिस्केट जात्राको लिंगो ढालियो

काठमाडौं । बिस्केट जात्राको प्रमुख मानिने ५५ हाते योसिंः द्यो अर्थात् लिंगो ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी शनिबार साँझ लिंगो ढालिएको हो ।

तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी लिंगो ढालियो । लिंगोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुई ध्वजा बाँधेर अष्टमात्रिकाका प्रतीक आठ डोरीले तानेर लिंगो ठड्याउने प्रचलन छ । त्यही आठ डोरी आठ कुनामा राखेर लिंगो ढालिएको हो ।

Dabur Nepal
NIC Asia

लिंगो उभ्याइने र ढाल्ने नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथजात्रा समावेश गरी तान्त्रिक पूजा विधिविधान समेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।

लिंगो ढालिएपछि ल्यासिंखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro