काठमाडौं । नेपालीहरूको नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत मुद्दती खाता खोलेमा ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउने भएका छन् ।
बैंकले एक विज्ञप्ति जारी गर्दै कुमारी स्मार्ट एपमार्फत आफ्नो मुद्दती खातामा भएको रकमबाट कर्जा लिदा ०.२५ प्रतिशत छुटसमेत दिने भएको छ ।
कुमारी स्मार्टमार्फत घरमै बसेर संसारको जुन कुनाबाट पनि तुरुन्तै लिन सकिने बताइएको छ ।
कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुविधाहरू उपलब्ध गराउँदै आएको पनि जानकारी गराइएको छ ।
२०८१ वैशाख महिनाका लागि मुद्दती खातामा प्रदान गरिएको ब्याजदर
२०८१ वैशाख महिनाको लागि मुद्दती खातामा प्रदान गरिएको ब्याजदर | ||
अवधि | स्वयं उपस्थितमा खोलिएका मुद्दतीमा पाइने ब्याजदर | कुमारी स्मार्टबाट खोलिएका खातामा पाइने ब्याजदर |
३–६ महिना | ६.५१% | ६.६६% |
६ महिना देखि १ वर्ष मुनि | ७.००% | ७.१५% |
१ वर्ष माथि | ७.११% | ७.२६% |
कुमारी बैंकले ३०२ शाखा, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ६७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।