site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव पेस
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रियसभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव पेस भएको छ । 

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सांसद कमला पन्तले सो प्रस्ताव पेस गरेकी हुन् । पैसा, पहुँच र गुणस्तरीय उपचारको अभावमा कुनै पनि नागरिकलाई मृत्युबाट बचाउन सरकारलाई सचेत गराउन सो संकल्प प्रस्ताव राष्ट्रियसभा पेस गर्नुपरेको सांसद पन्तले बताइन् ।  

उनले नागरिकहरू उपचार गर्न नसकेर, उपचार खर्च नभएर दिनहुँ मृत्युवरण गरिरहेको उल्लेख गर्दै नेपालको संविधान र मानव अधिकार विश्वव्यापी मान्यता अनुरुप नागरिकको बाँच्न पाउने हक अधिकारको सुनिश्चितताका लागि सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न सरकार जिम्मेवार हुनुपर्ने बताइन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्